क्रिप्टोकरेन्सीको कारोबार गर्ने कम्पनी FTX टाट पल्टियाे, सबै क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक गिरावट

क्रिप्टोकरेन्सीको कारोबार गर्ने कम्पनी FTX टाट पल्टियाे, सबै क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक गिरावट
www.europenepalikhabar.com २०७९ कार्तिक २८ गते सोमबार, 14-11-2022


युरोपनेपाली खबर ।

क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङ लिमिटेडका संस्थापक स्याम ब्याकमेन फ्राइडको १६ बिलियन डलरको सम्पत्ति केहि दिनमा नै शून्यमा झरेको छ । कुनै व्यापारीको सम्पत्तिमा भएकाे यो इतिहासकै हालसम्मकाे ठुलो गिरावट हो । कुनै समय स्याम ब्याकमेनको नेटवर्थ २६ बिलियन डलर पुगेको थियो । नेटवर्थमा भएको गिरावटको कारण तरलतापछि कम्पनी टाट पल्टेको छ ।

एफटिएक्स विश्वको अर्को सबैभन्दा ठुलो एफिलिएटेड क्रिप्टो कारोबार गर्ने कम्पनी थियो । ब्लूमबर्ग बिलनेयर्स सूचकले हाल एफटिएक्सको अमेरिकी कारोबारको मूल्य शून्य देखाइरहेकाे छ। जनवरीमा फण्ड रेजिङ राउण्डमा यसको मूल्य ८ बिलियन डलर थियो ।

३० वर्षका स्याम ब्याकमेनले कम्पनीका सीइओ पदबाट राजीनामा दिइसकेका छन् । उनको स्थानमा जोन जे रे ले सीईओ पद सम्हाल्नेछन् ।

क्रिप्टो किंगले मांगे माफी

"किंग अफ क्रिप्टो" नामबाट चिर परिचित स्याम बैंकम्यानले शुक्रबार माफी माग्दै ट्वीट गरेका छन् । उनले लेखेका छन्, "म माफी माग्छु । आशा गर्छु कि हामी छिट्टै रिकभर गर्न कुनै उपाय भेट्नेछौं ।" यस कम्पनीमा बैंकम्यान फ्राइडको करिब ७० प्रतिशत शेयर रहेको छ ।

एफटिएएकस कसरी टांट पल्टियो ?

एफटिएक्स र बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जहरु हुन् जसले ग्राहकहरुलाई डिजिटल मुद्रामा व्यापार गर्न अनुमति दिने गर्छ । इंडस्ट्रि डाटा ट्रयाकर कोइन मार्केट क्यापका अनुसार यी दुई एक्सचेन्जहरुले विश्वका सबै क्रिप्टो कारोबारहरूमध्ये धेरैजसो प्रक्रिया चलाउने गर्छन् ।

यस एक्सचेन्जलाई स्याम बैंकम्यान फ्राइडले संचालन गरेका थिए । यसको प्रमुख कार्यालय बहामासमा अवस्थित छ । यद्यपी सर्वाधिक ठुलो एक्सचेन्ज बाइनान्स हो जुन अर्बपति चाङपेङ झाओद्वारा सञ्चालित छ । यसको कुनै आधिकारिक मुख्यालय छैन र धेरैजसो अमेरिका बाहिर काम गर्दछ । एफटिएक्समा प्रारम्भिक लगानीकर्तामध्ये एक बाइनान्स पनि थियो ।

एफटिएकस किन पर्यो समस्यामा ?

एफटिएक्समा एफटिटी भनिने नेटिभ क्रिप्टोकरेन्सी टोकन समावेश हुन्छ, जसलाई व्यापारीहरुले लेनदेन शुल्कको भुक्तानी जस्ता कार्यहरुकालागि प्रयोग गर्दछन् । गत वर्ष झाओले एफटिएक्समा आफ्नो हिस्सा बैंकम्यान फाइडलाई बेचेको थियो ।

यसकालागि फ्राइडले एफटिटी टोकनबाट आंशिक रुपमा भुक्तानी गर्यो । नोभेम्बर २मा क्रिप्टो प्रकाशन गर्ने कोइन डेस्कले एक लीक भएको कागजातकाबारेमा रिपोर्ट प्रकाशित गरेको थियो । यस रिपाेर्टबाट बैंकम्यान फ्राइडले संचालन गरेको एक हेज फण्ड, अल्मेडा रिसर्चमा असामान्य रुपमा ठुलो मात्रामा एफटिटी टोकनहरु राखिएको बताइएकाे थियो ।

एफटिएक्स र अल्मेडा अलग अलग व्यापार भएपनि रिपोर्टमा उनीहरुकाबीच घनिष्ठ वित्तिय सम्बन्ध भएको बताइएको छ । यस रिपोर्ट सार्वजनिक भएपछि बाइनान्सले नोभेम्बर ६मा आफ्नो एफटिटी टोकन बिक्री गर्ने घोषणा गरेको थियो । जसकारण एफटिटीको मूल्यमा गिरावट आयो र कारोबार गर्नेहरु यस त्रासले एफटिएक्सबबाट बाहिर निक्लन हतार गरेका थिए ।

एफटिएक्सले तीन दिनमा अनुमानित ६ बिलियन डलरको विड्रल अनुरोध प्राप्त गरेको थियो । एफटिएक्स अचानक निकासी अनुरोधका कारणले तरलता संकटमा पर्यो अर्थात् यो निकासीको अनुरोधलाई प्रशोधन गर्ने स्थितीमा थिएन ।

बाइनान्सले एफटिएक्स किन्ने ?

एफटिएक्सको तरलता संकटकाबीचमा बाइनान्सले मंगलबार एफटिएक्स किन्ने बताएकाे थियाे । यद्यपी,झाअ‍ेले भने बाइनान्स कुनै पनि समयमा सम्झौताबाट बाहिर निस्कन सक्ने स्पष्ट पारेका थिए। यस सम्झौतापछि बैंकम्यान फ्राइडले यो सम्झौताले ग्राहकहरुको सुरक्षा गर्ने र एफटिएक्सलाई व्यापारीको निकासी प्रकृया पुरा गर्न सक्षम हुने बताएका थिए । सोही बीचमा उनले एफटिएक्स र बाइनान्सबीचको द्वन्द्धको अफवाह हटाउने प्रयास पनि गरेका थिए ।

ताेडियाे बाइनान्स र एफटिएक्सबीचकाे सम्झाैता 

तर बुधबार भने बाइनान्सले एफटिएक्स नकिन्ने घाेषणा गर्याे । सम्झाैता ताेडिनुकाे मूख्य कारण कर्पाेरेट लगनशिलता बताइएकाे छ । बाइनान्सले नियामक अनुसन्धान र दुरूपयाेग काेषकाे रिपाेर्ट पनि कारण भएकाे बताएकाे थियाे । एक कम्पनीमा प्रमुख खेलाडि असफल हुँदा खुद्रा उपभाेक्ताहरूकाे पनि नाेक्सनी हुने कम्पनीले बताएकाे छ । याे शुक्रबार बैंकम्यान फ्राइडकाे राजीनामाकासाथै एफटिएक्सले बैंकरप्सी पनि सामना गर्नु परेकाे थियाे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित