पोर्चुगलमा निधन भएका स्व.यम राना मगरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पोर्चुगलमा निधन भएका स्व.यम राना मगरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
www.europenepalikhabar.com २०८२ कार्तिक १५ गते शनिबार, 1-11-2025


लिस्बन । पोर्चुगलमा निधन भएका स्व. यमबहादुर राना मगरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार लिस्बनमा सम्पन्न स्वर्गीय यमबहादुर राना मगरको श्रद्धाञ्जली कार्यक्रममा एनआरएनए आइसीसी सदस्य, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सदस्यहरू,मगर संघ पोर्चुगल, तनहुँ समाज पोर्चुगल, प्रवासी नेपाली मंच पोर्तुगल, टोरेस भेद्रासका युवा समाजसेवीहरु, नेप्लीज् TVDE पोर्चुगल, विभिन्न विभिन्न संघ-संस्थाका पदाधिकारीहरू, समाजसेवीहरू, पोर्चुगलस्थित नेपाली समुदायका दाजुभाइ  तथा दिदीबहिनीहरूको उपस्थितिमा सम्मानपूर्वक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम सम्पन्नलगत्तै मृतकको पार्थिव शरीर नेपाल पठाउने तयारीका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।

उहाँको शव मंगलवार सम्म नेपाल पठाइने तयारी भइरहेको व्यवस्थापन संयोजक तथा एनआरएनए पोर्चुगलका सचिवअर्जुन भण्डारी जानकारी दिएको छन् ।

उक्त विषयमा मृतक परिवारसँग पनि निरन्तर समन्वय र कुराकानी गरी सबै कार्यहरू व्यवस्थित र जिम्मेवारी पूर्वक सम्पन्न गरिएको छ।

 स्व. यम राना सम्बन्धी जानकारी:

 • पूरा नाम: यम राना

 • उमेर: ३३ वर्ष

 • स्थायी घर: तनँहु जिल्ला भिमाद नगरपालिका वडा न ४ माझकोट  

 • हालको बसोबास (पोर्तुगल): टोरेस वेद्रास (Torres Vedras)

 • पेशा: पोर्तुगलको Campotec नामक खाद्य तथा तरकारी प्याकेजिङ कम्पनीमा कार्यरत

योगदानहरू:

 • २०२१ मा दुबई म्याराथनमा नेपालको प्रतिनिधित्व गरेका थिए।

 • २०२३ मा पोर्तुगलको EDP म्याराथनमा सहभागी भई २५,०००–३०,००० अन्तर्राष्ट्रिय धावकहरूमध्ये प्रतिस्पर्धा गरी शीर्ष ३०० भित्र स्थान हासिल गरेका थिए - यो नेपालका लागि गर्वको विषय हो।

निधन सम्बन्धी विवरण :

 • मृत्यु मिति: १९ अक्टोबर २०२५, साँझ करिब ६:४० बजे

 • मृत्युको कारण: अचानक आएको हृदयघात (Heart Attack)

 • उहाँले घरमा छाती दुखेको बताउनुभयो र आफ्नो कोठामा गएपछि अवस्था बिग्रिँदै गएपछि साथीहरूले तत्काल आपतकालीन स्वास्थ्य सहायता बोलाए,तर एम्बुलेन्स आइपुग्दा घटनास्थलमै उहाँलाई मृत घोषित गरियो।

साथै यस कार्यमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुर्‍याउने पोर्चुगलका विभिन्न संघ-संस्थाहरू, मिडिया, समाजसेवीहरू सबैमा धन्यवाद ज्ञापन गरिएको छ ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित