कति छन् प्रधानमन्त्री कार्कीका सन्तान र कहाँ बस्छन्, के गर्छन् ?

कति छन् प्रधानमन्त्री कार्कीका सन्तान र कहाँ बस्छन्, के गर्छन् ?
www.europenepalikhabar.com २०८२ कार्तिक १५ गते शनिबार, 1-11-2025


भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशका बलमा प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सन्तानबारे धेरै अनभिज्ञ छन् ।

उनका कति जना सन्तान छन् ? कहाँ छन् ? के गर्छन् ? कार्कीले सार्वजनिक गरेकी छैनन् । तर, यथार्थ के हो भने उनको र दुर्गा सुवेदीको एक मात्र सन्तान छन् र ती लामो समयदेखि विदेशमा बसिरहेका छन् ।

पेशाले आईटी इञ्जिनियर छोरा प्रशान्त सुवेदी अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । श्रीमती पनि एउटै फिल्डको विवाह गरेका छन् । श्रीमती सुमिक्छा भट्ट उर्फ नेहा पनि आइटी इञ्जिनियर नै हुन् । उनीहरूको विवाह सन् २०२३ मा भएको हो । बेलायत बस्दै आएकी उनी पछिल्लो समय श्रीमान्सँगै बस्ने गरी अमेरिका पुगेकी छन् । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित