युरोपेली देश स्लोभानियाको जंगलमा एक नेपाली युवती मृत फेला !

युरोपेली देश स्लोभानियाको जंगलमा एक नेपाली युवती मृत फेला !
www.europenepalikhabar.com २०७९ मंसीर १० गते शनिबार, 26-11-2022


पोर्चुगल । क्रोएसियाबाट अबैध बाटो हुँदै अर्को देश हिडेकी नेपाली चेलीको जंगलमै निधन भएको छ । क्रोएसियाबाट अबैध बाटो हुदै सम्भवत: युरोपियन मुलुक पोर्चुगल गन्तब्य बनाएकी सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की २१ बर्षिया सञ्जिता गोतामे स्लोभानियाको जंगलमा मृत फेला परेकी हुन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाका अनुसार गोतमेको नोभेम्बर २२ तारिख निधन भएको हो । उनी रोजगारीको सिलसिलामा क्रोएसिया आएको र त्यहाँको अस्थायी आवास अनुमति समेत पाईसकेकी थिइन् । उनको निधनपछि एनआरएनए क्रोएसियाले दुखद् घटना घटेको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धान्जली अर्पण गर्दै शवलाई नेपाल पठाउने तयारी थालेको छ ।

उता गोतामेको परिवारले शव नेपाल पठाइदिन आग्रह गरेपछि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाले भियनास्थित राजदूतावासमार्फत आवश्यक तयारी थालेको छ ।

पछिल्ला केही महिनायता क्रोएसियाबाट पोर्चुगल लगायत अन्य युरोपियन मुलुकहरुमा स्थान्तरण गर्ने क्रम बढ्दो छ ।

अधिकांश नेपालीहरु राहदानी फ्याँकेर र बिचौलियालाई बुझाएर अबैधानिक बाटो हुँदै पोर्चुगल लगायतका मुलुकहरुमा छिर्ने क्रम बढ्दो छ ।

उता फ्रान्सस्थित राजदुतावासले पनि राहदानीको दुरुपयोग गरी सवार नगर्न सबै नेपाली समक्ष आग्रह गरेको छ । उसले जिउ ज्याननै धरापमा राखेर अवैधानिक रुपमा कुनैपनि मुलुकमा प्रवेश नगर्न अनुरोध गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित