लण्डनमा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन

लण्डनमा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन
www.europenepalikhabar.com २०७९ मंसीर १० गते शनिबार, 26-11-2022


युरोप । लण्डनमा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ। कामबाट घर फर्कँदै गर्दा मोटरबाइकमा सवार ३१ वर्षीय महेश चन्दको पुलबाट खसेर विहीबार राति निधन भएको छ ।

प्रहरीका अनुसार सो घटनामा अरू संलग्न नभएको बताइएको छ। कामबाट थाकेर मोटरसाइक चलाएका कारण सन्तुलन ब्रिग्रिँदा सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

नेपालको डडेलधुरा पुर्ख्यौली घर भई हाल महेन्द्रनगरमा बसोबास रहेका चन्द करिब ६/७ वर्षदेखि लण्डनको पूर्वी उत्तर क्षेत्रमा परिवारका साथ बस्दै आएका थिए। चन्दको दुई नाबालक सन्तान रहेको बुझिएको छ ।

चन्दको परिवारले उनको शव नेपाल लैजान चाहेको छ। त्यसका लागि आर्थिक अभाव भएपछि उनीहरुले सहयोगका लागि गैरआवासीय नेपाली संघ युकेमा निवेदन दिएका छन्। एनआरएनए युकेले चन्द परिवारका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरेको अध्यक्ष सुनिलबाबु खड्काले जानकारी दिनुभयो। संघले उपाध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा अभियान शुरु गरेको छ।

सहयोग गर्न इच्छुकदाताहरुले गैरआवासीय नेपाली संघ युकेको बैँक खाता-

Non-Resident Nepalese Association UK Account No: 51707000

Sort Code: 40-46-22 

मा सहयोग गर्न सकिने बताइएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित