संखुवासभा भोटखोलाको गोला बजारमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

संखुवासभा भोटखोलाको गोला बजारमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर
www.europenepalikhabar.com २०७९ मंसीर १२ गते सोमबार, 28-11-2022


युरोपनेपाली खबर ।

लक्ष्मी बैङ्कले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो नँँया एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टर सङ्खुवासभा जिल्लाको दुर्गम भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा रहेको छ ।

यो एक्सटेन्सन काउन्टरको सुरुवात सँगै लक्ष्मी बैङ्कको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।

यसको साथ लक्ष्मी बैङ्कले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैङ्कले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ ।

साथै बैङ्कले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग सेवा प्रदान गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित