पोर्चुगलमा भुमेपूजा आयोजना हुने

पोर्चुगलमा भुमेपूजा आयोजना हुने
www.europenepalikhabar.com २०८० जेठ १८ गते बिहीबार, 1-06-2023


लिस्बन । मगरहरुको महान साँस्कृतिक एवं प्राकृतिक अनुष्ठान भुमेपूजा इमिग्रान्ट एसोसिएसनको प्रवर्द्धनमा मगर संघ पोर्तुगल र टकसेरा  समाज पोर्तुगलको संयुक्त आयोजनामा "भुम्या पूजा कार्यक्रम-२०२३" हुने भएको छ ।

कार्यक्रम बेलाभिस्ता पार्कमा यही जुन १८ गते आईतबार दिउँसो १२ बजेदेखि सुरु भूमेपुजा मुल आयोजक समितिका संयोजक ओम घर्तीमगरले जानकारी दिए ।

मगर संघ पोर्चुगलका अध्यक्ष  कमल पुनले विदेशमा बसेर पनि आफ्नो संस्कृतिलाई निरन्तरता दिएको बताएका छन्। “भूमेपुजा हाम्रो कुल देवताको पूजा जस्तै हो, यसको ऐतिहासिक महत्व छ” उनले भने ।

भुमेपूजाको साथमा भूमे पर्व र मगरहरुको थातथलोको विषयमा "भुम्या पर्व : एक मगरात सभ्यता र यसको बहुआयामिक पक्षहरु" विषयमा अन्तर्कृया कार्यक्रम समेत राखिएको छ।  कार्यक्रममा लयन बुढा मगर, टकसेरा समाज पोर्तुगल र ओम घर्तिमगरले लगायतले सक्रिय  भूमिका खेलिरहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित