अन्तर्राष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बैंककमा सम्पन्न

अन्तर्राष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बैंककमा सम्पन्न
www.europenepalikhabar.com २०८० जेठ २१ गते आइतबार, 4-06-2023


लिस्बन । तामाङहरुको  विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न भएको छ । सम्मेलनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।

सम्मेलनमा विश्वभरिबाट तामाङ समुदायका प्रतिनिधिहरुको भव्य उपस्थिति रहेको थियो । सम्मेलनमा तामाङ समाज पोर्चुगलको प्रतिनिधित्व गर्दै अध्यक्ष सुजन लामा र पूर्व अध्यक्ष सोनाम लामा सहभागी भएका थिए ।

सम्मेलनले चयन गरेको नयाँ नेतृत्वमा अध्यक्षमा चम्पा डोल्मा लामा तामाङ (थाईल्याण्ड), महासचिव टासी लामा तामाङ (नेपाल), उपमहासचिव लक्यान लामा तामाङ (अमेरिका ),सचिव रामप्रसाद तामाङ (भारत), सचिव शुभराज बम्जन तामाङ (दक्षिण कोरिया), सचिव बुदुमाया योन्जन तामाङ (रोमानिया), कोषध्यक्ष हवालचन्द्र लामा तामाङ (जपान ) लगायत रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित