हुण्डी भनेको के हो ? किन हुण्डी कारोबारलाई अवैध र जोखिमपूर्ण मानिन्छ ?

हुण्डी भनेको के हो ? किन हुण्डी कारोबारलाई अवैध र जोखिमपूर्ण मानिन्छ ?
www.europenepalikhabar.com २०८० असार २१ गते बिहीबार , 6-07-2023


विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । कसैले थाहा पाएमा कानुन बमोजिम सजाय पनि हुन्छ । 

अर्को शब्दमा अन्तरदेशीय मुद्रा कारोबार गर्ने अबैध तरिका हो हुण्डी । हुण्डीको कारोबार गर्नेहरुलाई दुबै देशमा एजेण्ट र सम्पर्क व्यक्ति राखेर कारोबार गरिरहेका हुन्छन् । कुनै एक देशमा रही हुण्डी कारोबारीले एजेन्ट मार्फत रकम संकलन गर्छन र उनीहरुको परिवारलाई तत्कालै पुर्‍याइदिने काम गर्छन् । रेमिट्यान्स पठाउँदा हुने सबै प्रक्रियागत झन्झन तदिने भएकाले मानिसहरु हुण्डी कारोबारमा आकर्षित पनि हुन्छन् । तर यस्तो कारोबार अबैध र जोखिमपूर्ण छ । 

हुण्डी कारोबार मार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । खासगरी सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि समान आयात, मानव बेचबिखन, अबैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रश्रय दिइरहेको पाइन्छ । त्यसैले पनि हुण्डी कारोवारलाई अबैध र जोखिमपूर्ण मानिएको हो । 

हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले आफुले दश नङ्ग्रा खियाएर कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन छ । साथै आफ्नो परिश्रमको बैध रकमलाई दलाल र बिचौलियाहरुले अबैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्ने भएकाले सबै व्यक्ति हुण्डी कारोबार गर्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ । 

त्यसैले औपचारिक रेमिटान्स तथा बैंकिङ च्यानल मार्फत रकमको कारोबार गरौं । जसले मुलुकको व्यापार घाटा कम गर्न पनि यसले महत्वपूर्ण योगदान दिन्छ ।

अझ यस्ता अबैध धन्दा सञ्चालन गर्ने व्यक्ति र संस्थाको बारेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन पनि आवश्यक देखिन्छ । जुन हरेक नागरिकको कर्तव्य पनि हो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित