नेपाल गौरव र पहिचान संसारमा फैलाउन दुई विश्व साइकल यात्री सोमबार पोर्चुगल आउँदै

नेपाल गौरव र पहिचान संसारमा फैलाउन दुई विश्व साइकल यात्री सोमबार पोर्चुगल आउँदै
www.europenepalikhabar.com २०८० साउन ७ गते आइतबार, 23-07-2023


लिस्बन, २३ जुलाई, आइतबार । मानिसका जीवनमा अनेकौ चाहना हुन्छन्।कतिपय चाहना पूरा हुन्छन् भने कतिपय अधुरै।थप अगाडि बढेर सोचौं भने विश्वनै यात्रा गर्ने सपना कसको नहोला र!देख्दा र सुन्दा कठिनझै लाग्ने साइकल यात्रा।तर असम्भव पनि नहुदो रहेछ।

नेपालका दुई युवा जसले यस्तो सपना बुने ताकी विश्वका देशनै साइकलबाट अवलोकन गर्ने।ती प्रतिभासाली युवाहरु हुन् भगत खत्री र अजय मिश्र।उनीहरूको सपना मात्रै मिलेन कि तन मिल्यो अनि मन पनि।

२०६१ सालबाट १६० देशको यात्रा गर्ने उद्देश्यसहित साइकल यात्रा थालेका उनीहरुले अहिलेसम्म १०४ देशको यात्रा गरिसकेका छन्।प्रशस्तै पैसा भएर उनीहरुले यस्तो यात्रा थालेको भने होइनन्। ‘राष्ट्रका लागि केही गरौं र आफ्नो नाम पनि रहोस् भन्ने उद्देश्यले यात्राको बिषयमा सोचेका थियौ,’ दुबैले एकै स्वरमा भने, ‘जहाँ इच्छा त्यहाँ उपाए भनेझैँ यात्राको थालनीपछि पैसा जुट्दै गयो।’


दुबैको गरी जम्मा ४ हजारमात्र जुटाएर उनीहरुले यात्रा सुरु गरेका थिए। ‘यात्राको लागि भनेर हामीले बिभिन्न माध्यमबाट एक लाख जुटाएका थियौ र त्यो पनि साइकल लगायत यात्राका लागि आवश्यक सामान किन्दा सकियो,’ अजयले भने, ‘विदाइको बेला आफन्तले टीका लगाएर दिएको दुई दुई हजार थियो ।

त्यही लिएर यात्रा थाल्यौ।’ यिनै नेपालका गौरव दुई साइकल यात्री भोलि युरोपियन देश पोर्चुगल आउदै छन्।जुलाई २४ तारिख उनिहरु लिस्वन आइपुग्ने कार्यतालिका रहेको छ।ती नेपालकै सान र गौरवका लागि पोर्चुगलमा क्रियासिल संघ-सस्थाले सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ।विशेषगरी पोर्चुगल केही आर्थिक सहयोग रकम जुटाउन सकेमा उनीहरूको थप यात्रामा टेवा पुग्ने देखिन्छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित