पोर्चुगलको विश्व युवा सम्मेलनमा पोप फ्रान्सिसको भव्य स्वागत, लगभग १५ लाखको सहभागिता,भोलि फातिमामा

पोर्चुगलको विश्व युवा सम्मेलनमा पोप फ्रान्सिसको भव्य स्वागत, लगभग १५ लाखको सहभागिता,भोलि फातिमामा
www.europenepalikhabar.com २०८० साउन १९ गते शुक्रबार, 4-08-2023


४ अगस्ट, लिस्बन । क्याथोलिक चर्चका नेता पोप फ्रान्सिस्कोको मार्कस् पम्बलमा भव्य स्वागत गरिएको छ । विश्वभरीबाट आएका युवाहरुले पोपको उपस्थितिलाई उत्साहपूर्वक लिए ।

विश्व युवा दिवसका लागि विश्वबाट ४ लाख युवाहरु पोर्चुगल आएका छन् । त्यसमध्ये ७ हजार बढी भारतबाट आएको भारतको चर्चका नेता विश्वप रेभ भिभिन भेन्सेन्ट डेवानले बताए । भारतको राजधानी नयाँ दिल्लीबाट मात्रै झण्डै तीन सय युवा पोर्चुगल आएका छन् ।

रास्ट्रपतिको सेल्फी, सर्वोच्च धर्मगुरु पोपको आत्मीयता

विश्व युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पोर्चुगलका रास्ट्रपती राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले सहभागी युवाहरुसँग सेल्फी लिएका छन् ।

विश्व युवा सम्मेलनको अवसरमा आएका प्रायःजसो देशका युवाहरुसँग रास्ट्रपतीले सेल्फी लिएका हुन् । दिवसमा विभिन्न देशबाट ४ लाख युवाहरु पोर्चुगलमा भेला भएका छन् ।

दिवसकै अवसरमा आकर्षक पात्र पोप फ्रान्सिकोले पनि बाटोमा भेटिएका सर्वसाधारणलाई बिदाइको हात हाल्याउँदै, सम्भव भएसम्म हात मिलाउँदै आत्मीयता साटेका छन् । सर्वसाधारणले आफ्नो नजिकैबाट हात हल्याउँदा खुसी प्रकट गरेका थिए ।

भीडमा भेटिएका नेपालीले भने अचम्म मानेका थिए । नेपालमा रास्ट्रपती, विशेष व्यक्ति यात्रा गर्दा सडक सुनसान बनाउने प्रवृति छ । जसले गर्दा सर्वसाधारणले नजिकबाट त्यस्ता भिआइपीलाई नजिकबाट देख्न पाउँदैनन् ।

विश्व युवा सम्मेलन  : अत्यधिक भीडभाड, बढेन आर्थिक गतिविधि

लिस्बन । पोर्चुगलले विश्व युवा दिवस आयोजना ग¥यो । अगस्ट १ देखि ६ तारिखसम्म सम्मेलनको आयोजना गरियो । विश्वबाट ४ लाख युवा पनि आए ।

तर, पोर्चुगलले सोचेजति आर्थिक लाभ लिन सकेन । अरु बेला भरिभराउ हुने होटल, रेष्टुरेन्ट यो अवधिमा ठप्प हुन पुगे । सवारी साधन पूर्णरुपमा प्रभावित भए । जसले गर्दा गल्लीमा रहेका रेष्टुरेन्ट, होटलमा स्थानीय जान पाएनन् । विदेशबाट आएका पाहुना पनि ती गल्लीमा रहेका तर नाम चलेका होटल, रेष्टुरेन्टमा गएनन् ।

प्रायजसोः यहाँका धनी मानिस आइराख्ने रेष्टुरेन्टहरु सुनसानजस्तै देखिए । गाडी लैजान नपाए पछि उनीहरु हिँडेर जाने संभव देखिएन ।  होटल, रेष्टुरेन्ट मात्र होइन, किराना पसल पनि कारोबार उत्साहजनक हुन सकेन । पानी, जुस, फलफूल, बिस्कुट बिक्री सामान्य समय भन्दा निकै बढ्यो । तर, बियर बिक्री खासै नभएका सञ्चालकहरु बताउँछन् ।

रातभरि पसल खोल्न यहाँको सरकारले अनुमति दिएको थियो । तर, राती अबेर बियर बिक्री गर्न रोक लगाएको थियो । भीडभाडको तुलनामा व्यापार हुने अपेक्षा गरेका धेरै रेष्टुरेन्ट, खुद्रा पसलका मालिकहरु बिक्री नहुँदा अचम्मित परेका छन् ।

तर, विश्व युवा दिवसको कार्यक्रम भएका स्थलहरुमा भने निकै चहलपहल देखिन्थ्यो । रेष्टुरेन्ट, पसलहरु प िनभरिभराउ देखिन्थे । झण्डा बोकेका मान्छेहरु पनि केहीले खर्च गरेको जानकार बताउँछन् ।

धेरै पसल सञ्चालकहरु भन्छन्,‘ढोकाबाट गुज्रने हजारौं युवाहरू छन् तर किन्नेहरू थोरै छन्, अन्य समयको भन्दा तत्तीक कारोबारमा फरक भएको महसुस गर्नै पाइएन ।’

नियमित ग्राहक लिस्बन छोडेको, कोही घरबाटै काम गर्ने गरेको तर पर्यटकले खर्च नगर्दा व्यवसायमा शिथिलता आएको सञ्चालक बताउँछन् ।

सुपरमार्केटहरूले रोटी, फलफूल र पानी बेचे पनि तीर्थयात्रीहरूले बाहिर ल्याएर सडकमा खाने गरेको र खासै खर्च नगरेकाले आर्थिक चलायमान नभएको व्यापारीहरुले निष्कर्ष निकालेका छन् ।

विश्व युवा सम्मेलनमा क्याथोलिक सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस लिस्बोन, १५ लाख सहभागी

क्याथोलिक धर्मका सर्वोच्च धर्म गुरु पोप फ्रान्सिस्कोको ६ दिने पोर्चुगल भ्रमण शुरु भएको छ । पोर्तुगलको राजधानी लिस्वनमा आज देखि नै विश्व युवा दिवस भव्य रुपमा मनाईदैछ । यस समारोहमा विश्वभरिबाट आएका करिब १५ लाख मानिस सहभागी हुँदैछन् । जस्को कारण लिस्वनका केही क्षेत्रको आगमन पूर्ण रुपमा प्रभावित हुनेछ भने केही क्षेत्रहरुमा विशेष तयारीका साथ यात्रा गर्नुपर्ने छ ।

विगत केही दिन देखिनै लिस्वनका सडकहरुमा पोप फ्रान्सिस्कोको भ्रमण र विश्व युवा दिवसलाई लिएर रौनकता छाउन थालेको थियो । विश्वभरबाट यसपटक लिस्वनमा करिब १५ लाख मान्छे जम्मा हुने अनुमान गरिएको छ । अगष्ट १ देखि ६ सम्म हुने यो समारोहमा लिस्वन बाहिर र अन्य देशबाट लिस्वन आउनेहरुलाई यहाँका स्थानीय चर्चहरुले खाने वस्ने व्यवस्था मिलाइरहेका छन् ।

यसै समारोहलाई लिएर लिस्वन महानगरपालिका र सरकारले यात्रा सहजीकरणका लागि सार्वजनिक वसको संख्या थपेको छ । करिब १२५० भन्दा बढी सार्वजनिक यातायातका साधानहरुबाट करिब १ लाख १९ हजार भन्दा बढी सिट थपिएको जनाएको छ ।

यति हुँदाहुँदै पनि यस समारोहलाई लिएर सरकारले विशेष गरी वाइसा(सादो, लिवरदाद, अभिनेदा क्षेत्रतिर आगमनमा पुर्ण रुपमा रोक लगाएको छ ।

अगष्ट १, २, ३ र ४ तारिखका दिन अभिनेदा, मार्कसपोम्बाल, पाक्र्यु र रेस्तोराडोरेस क्षेत्रमा मेट्रो पुर्णरुपमा बन्द हुनेछ । त्यस्तै अगष्ट ५का दिन मोस्काभेद, साकाभाइ, बोबादेला र सान्ता इरिया क्षेत्रमा रेल सेवा पुर्ण रुपमा बन्द छ ।

त्यसैगरी १ देखि ६ अगष्ट सम्म मार्कसपोम्बालको बस टर्मिनल रुवा मार्कस सा दा बान्र्दइरामा सरेको छ ।

यसैगरी सरकारले यो ६ दिनको लागि लिस्वनमा रातो, पहेँलो र हरियो क्षेत्र छुट्याएको छ । जस्मा रातो क्षेत्रमा पुर्ण रुपमा प्रतिबन्ध छ ।

यी दुई मुख्य घटनाहरू वरपरका क्षेत्रहरू, त्यहाँ “पूर्ण प्रतिबन्ध” हुनेछ। यो प्रतिबन्ध क्याम्पो दा ग्रासा वरपरको क्षेत्रमा लागू हुनेछ, त्यसपछि पार्क दास नाकोस र पार्के एडुआर्डो VII – Avenida da Liberdade (पक्षहरू बाहेक), Marquês de Pombal, भित्री राउन्डअबाउट, Castilho Street, Joaquim António de Aguiar, Marquês da Fronteira  , Avenida António Augusto de Aguiar, र Avenida Fontes Pereira de Melo, साथै Downtown, Restauradores, Rossio, र Praça do Comércio, Ribeira das Naus सम्म पहेँलो क्षेत्र जहाँ अनुमती विना हिडडुल गर्न प्रतिबन्ध त्यहाँ “पूर्ण प्रतिबन्ध” छ।

त्यसैगरी   Avenida de Berna को दक्षिण र नदीको सबै बाटो, अगस्त १, ३, र ४ मा महत्वपूर्ण प्रतिबन्धहरू हुनेछन्।  यस क्षेत्रमा बसोबास गर्ने कामदारहरू, आफ्नो रोजगारदाताबाट घोषणापत्र, सार्वजनिक यातायात, ट्याक्सी, पार्किङ अनुमति भएका सवारी साधनहरू र टुक-टुकहरूलाई मात्र यस क्षेत्रमा घुम्न अनुमति दिइनेछ।

Avenida de Berna को उही दक्षिणी क्षेत्र भित्र, ३.५ टन भन्दा बढी तौलका सवारी साधनहरूले २४:०० र ७:०० बीचमा मात्र लोडिङ र अनलोडिङ कार्यहरू गर्न सक्छन्।  कम तौल भएका सवारी साधनहरूले पनि ७:००र १०:०० बीचमा यस्तो सञ्चालन गर्न सक्छन्।

Parque das Nações को सानो र कम सघन जनसंख्या भएको पहेंलो परिधिमा, उही प्रतिबन्धहरू अगस्त ५ र ६ मा लागू हुनेछन्।  यी दिनहरूमा पोपको उपस्थितिमा धार्मिक समारोहहरू समावेश हुनेछन्।

हरियो क्षेत्रमा भने सामान्य रुपमानै आउजाउ गर्न सकिनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित