बेल्जियममा २९ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस भव्यताकासाथ सम्पन्न

बेल्जियममा २९ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस भव्यताकासाथ सम्पन्न
www.europenepalikhabar.com २०८० साउन २९ गते सोमबार, 14-08-2023


•केजिन राई-

काजाब्लान्का क्यासेल्लो । बेल्जियमको क्यासेल्लोमा नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजनामा  हिजो २९औं विश्व आदिबासी दिबस भव्यताका साथ सम्पन्न  भएको छ ।

पहिचान र अधिकार सुनिश्चितताका लागि  आदिबासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी प्रमुख अतिथी हुनुहुन्थ्यो ।

प्रमुख अतिथी राजदुत राजभण्डारीले विश्व आदिबासी आदिबासी दिबस संसारभरका आदिबासीहरूको उत्सबको रूपमा मनाईने बताउदै अन्तराष्ट्रीय महासन्धि  आई एल ओ १६९ जेनेभा कन्भेन्सनबाट पारित अगष्ट ९ को सुभकामना दिनु भयो ।

बेल्जियममा आजको दिन धेरै देशका आदिबासीहरुले फरक ढंगले फरक ठाउमा यो दिबस मनाई रहेको प्रसङ्ग उल्लेख गर्दै उहाले परदेशमा समेत भूमे नाच , साकेला सिली , च्याब्रुंग ,नोको बांगे  लागायत ठेट नेपाली पस्किएर उत्सबको रूपमा नेपाली आदिबासी जनजाति एक ठाउमा भेला भएर मनाउनु अबिश्मरनीय रहेको उल्लेख गर्दै यसलाई जिवन्त राख्न सुझाब दिनु भयो ।

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरको अध्यक्षतामा सम्पन्न आदिबासी दिबसमा उपस्थित सबैलाई उपाध्यक्ष मुना राईले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहआयोजक तामांग समाज अध्यक्ष राम लामा, मगर समाज अध्यक्ष लोक राना,तमुधि बेल्जियम अध्यक्ष  प्रबिना गुरूग, पाशा पुच महासचिब शुर्य नारायण श्रेष्ठ, तमु समाज अध्यक्ष होम गुरुङ , किरात राई सोसाईटी अध्यक्ष इन्दिरा राई , याक्थुम चुम्लुंग अध्यक्ष बदन लिम्बु , शेर्पा समाज संरक्षक पेम्बा गेलु शेर्पा  लगायतले आआफ्नो सस्कारहरूको बर्णन गर्दै नृत्य प्रस्तुत गर्नु भएको थियो ।

परम्परागत आदिबासी पहिचान झल्कने पोशाकमा सजिएका आदिबासी नेपालीहरूले साकेला सिली , च्याब्रुंग , नोको बांगे लगायत  नृत्यहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएन पोर्चुगलका पूर्ब  अध्यक्ष  भिम केसी , आदिबासी जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष श्रेया राई , किरात राई सोसाईटी पोर्चुगलकी उपाध्यक्ष मोनी  राई, एनआरएनए बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल, नेपाली कांग्रेस महासमिति सदस्य तथा बेल्जियम अध्यक्ष सुबास गुरुङ, पर्बत समाज अध्यक्ष नन्दा गुरुङ, कास्की समाज अध्यक्ष जिबन गुरुङ .पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा, नेकपा माओबादी बेल्जियम उपाध्यक्ष मनिस गुरुङ, संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर, आईसीसी गङ्गा शर्मा, नेपाली कांग्रेस बेल्जियम पूर्ब सभापती ईन्द्र क्षेत्री ,एनआरएन ग्लोबल अध्यक्ष पद्म गुरुङलगायतले सुभकामना दिनु भएको थियो । 

महासंघ बेल्जियम सचिबद्वय उमा तमुस्यो र रबिन राईले संचालन गरेको कार्यक्रमममा मयुमा राई , सुमिना राई ,मेलिना राई , रिता कुमारी बुढा, याम कुमारी छन्त्याल लागायत कन्याहरूले आदिबासी सत्कार र सम्मान गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित