पोर्चुगलमा एक नेपाली युवाको असामयिक निधन

पोर्चुगलमा एक नेपाली युवाको असामयिक निधन
www.europenepalikhabar.com २०८० साउन ३१ गते बुधबार, 16-08-2023


१६ अगस्ट, पोर्चुगल । पोर्चुगलको जम्मुजेइरामा रहेको माराभिल्ला कम्पनीमा कार्यरत अन्दाजी २७-२८ वर्षीय एक नेपाली युवाको सुतेकै स्थानमा निधन भएको खबर प्राप्त भएको छ ।

नेपाल घर वाग्लुङ्ग भइ  हाल वुटवल ठेगाना भएका ती युवा हिजो बेलुका खाना खाएर कोठामा सुतेका तर बिहान नउठेपछि साथीहरूले बोलाउन खोज्दा अचेत जस्तो  पाइएपछि प्रहरी र एम्बुलेन्सलाई खबर गरेको र प्रहरी घटनास्थल पुगेर अस्पताल पुर्याउँदा अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए । 

करिब ५ वर्ष अगाडि पोर्चुगल आएका उनको के कति कारणले निधन भएको हो र अब उनको शव कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अस्पताल, प्रहरी र उनी काम गर्ने कम्पनीमा आफुले आवश्यक समन्वय गरिरहेको उक्त क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपाली संघ युरोपका उपसंयोजक तिलक गैरेले बताए ।

<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-6948824322935338"

     crossorigin="anonymous"></script>

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित