पोर्चुगलमा भिजन स्पोर्ट्स क्लब गठन, अध्यक्षमा सौगात बिष्ट र सचिवमा सुमित श्रेष्ठ चयन

पोर्चुगलमा भिजन स्पोर्ट्स क्लब गठन, अध्यक्षमा सौगात बिष्ट र सचिवमा सुमित श्रेष्ठ चयन
www.europenepalikhabar.com २०८० भाद्र ६ गते बुधबार, 23-08-2023


लिस्बन । पोर्चुगलको लिस्वनमा बुधबार बसेको नेपाली युवाहरूको एक भेलाले भिजन स्पोर्ट्स क्लब पोर्चुगल गठन गरेको छ। उर्जावान युवा सौगात विष्टको नेतृत्वमा क्लब गठन गरिएको हो ।

क्लबको उपाध्यक्षमा निरज गुरुङ र सचिवमा सुमित श्रेष्ठ चयन भएका छन्।त्यसैगरी सह-सचिवमा मदन भण्डारी ,कोषाध्यक्षमा विपिन श्रेष्ठ र सह-कोषाध्यक्षमा खोम मगर चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा सुर्य घतानी, निराकर मल्ल,विमल गुरुङ ,शरण श्रेष्ठ,बविशाल बुढाथोकी, किरण गुरुङ, कृष्ण केसी, विशाल चापागाईं, विकाश थापा र सुरिन खाण ठकुरी चयन भएका छन् ।

क्लबलाई मर्यादित र अनुशासित बनाउन एक सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा धन शेर्पा चयन भएका छन् भने अन्य सल्लाहकारहरुमा नरेश भाट,वोधप्रसाद गुरुङ, सुमिष श्रेष्ठ र अनन्तप्रसाद तिवारी रहेका छन् ।

नेपालबाट आएर पनि विदेशमा नेपाली मौलिक खेल र अन्य खेलका बिधाहरुलाई उजार गर्ने उद्देश्यले क्लब गठन गरिएको बताइएको छ । क्लबले अन्य क्षेत्रमा रहेका खेलप्रेमी नेपालीहरुलाई पनि आगामी दिनमा क्लबमा समेट्दै जाने बताएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित