युरोप पुगेका नेपालीको पीडा : ग्रीसमा अपहरण, काठमाडौंमा फिरौती !

युरोप पुगेका नेपालीको पीडा : ग्रीसमा अपहरण, काठमाडौंमा फिरौती !
अपहरण गरी फिरौती रकम लिनेहरु
२०८० भाद्र ८ गते शुक्रबार, 25-08-2023


सुन्दापनि अत्यास लाग्ने, कस्तो होला नेपालीको मन, धेरै नेपालीहरु दयालु र सहयोगी भावका हुन्छन्। तर कतिपय नेपाली क्रुर हुन्छन् भन्ने तथ्य ग्रीसबाट अपहरण गर्ने र नेपालमा फिरौती असुल्ले नेपालीको कर्तुतले जनाउँछ ।

युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा तीन जना नेपाली गत साउन २८ गते अपहरणमा परेका थिए।

मोरङ रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगाका कृष्ण कार्की र काभ्रे नमोबुद्धका राजन सत्याललाई अपहरण गरेर १५ हजार युरो फिरौती मागिएको थियो। उनीहरू सिजनल भिसामा सर्विया गएका थिए। त्यहाँको काम चित्त नबुझेपछि लुकिछिपी ग्रिस जान लागेका थिए।

वैदेशिक रोजगारीमा गएका छोराछोरी अपहरणमा परेपछि आमाबुवाले प्रहरी गुहारेका थिए।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार साउन ३२ गते उनीहरूका आफन्तले ब्युरोमा निवेदन दिएका थिए।

ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका-५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका-१ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका-१ शंखपोखरी का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई विभिन्‍न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थप अनुसन्धानको क्रममा ग्रिस तथा दुवईबाट ह्वाटस् एपमार्फत पीडित परिवारहरूलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरिघाटबाट भदौ २ गते, फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तार्केश्वरबाट भदौ ३ गते, दुवईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते र दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित