नेप्लिज वोमेन एसोसिएसन पोर्चुगलले सेप्टेम्बर १० मा तीज विशेष कार्यक्रम आयोजना गर्ने

नेप्लिज वोमेन एसोसिएसन पोर्चुगलले सेप्टेम्बर १० मा  तीज विशेष कार्यक्रम आयोजना गर्ने
www.europenepalikhabar.com २०८० भाद्र १९ गते मंगलबार, 5-09-2023


लिस्वन – पोर्तुगलमा अवस्थित नेपाली दिदीबहिनीहरुको साझा संस्था नेप्लिज वोमेन एसोसिएसन इन पोर्तुगलले हरितालिका तीजको अवसर पारेर पोर्तुगलमा एक तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीका अनुसार यही सेप्टेम्बर १० तारिक आइतबारका दिन लिस्वनस्थित मार्टिम मुनिज पार्कमा कार्यक्रमको आयोजना गर्ने तयारी भएको हो ।

सन् २०१४ मा स्थापना भएको नेपाली नारी समाज र सन् २०१९ मा स्थापना भएको नेपाली महिला समाज वीच हालसालै एकताको अधिवेशन सम्पन्न भइ नेप्लिज वोमेन एसोसिएसन पोर्चुगल नामकरण भएपछि औपचारिक रुपमा आयोजना गर्न लागिएको यो पहिलो कार्यक्रम हो ।

कार्यक्रम सहभागी भई भव्य र सभ्य रुपमा सफल बनाइ सहयोग गर्न सबैमा आयोजकहरुले आह्वान गरेको छन्  । त्यसैले उक्त दिन अन्य कुनै कार्यक्रमहरु नराखिदिन पनि संस्थाले सबै नेपाली संघसंस्थाहरुलाई अनुरोध पनि गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित