केजिन राई, एन्त्रोपेन बेल्जियम । आज १९ सेप्टेम्बर २०२३ मंगलबारका दिन नेकपा एमालेको प्रवास कमिटी प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी बेल्जियमले संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साथै नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको यहि सेप्टेम्बर ११ तारिख सोमबारका दिन बिहान १ः४० बजे उपचारको क्रममा हृदयघातका कारण त्रिभुवन शिक्षण अस्पतालमामा निधन भएको थियो । प्रभावशाली आफ्ना सालिन नेताको सम्झनामा प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि बेल्जियमले शोकसभा आयोजना गरेको हो ।
नेकपा एमाले बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ ( ईशा) ले स्व.नेम्वाङको राजनीतिक जीवनी, उनको ब्यक्तित्व र सभाको बारेमा प्रकास पारेकी थिइन् । पूर्वसभामुख नेम्वाङको ७१ वर्षमा निधन भएकाले ७१ वटा दियो प्रज्वलन गरेर श्रद्धाञ्जली सभा गरिएको थियो ।
बेनेलक्स र युरेरियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले ब्यक्तिगत तथा दुतावासको तर्फबाट पठाएका समवेदना संदेश सभामा जानकारी गराईएको थियो । श्रद्धाञ्जली सभामा समवेदना प्रकट गर्दै सहभागी राष्ट्रिय समावेसी आयोग नेपालका सदस्य माननीय पुष्प तिमल्सिना, ओएनएफ विश्व खेलकुद संघका सहसंयोजक किसन केसी र युरोपका सचिव सालिक थपलिया, नेपाल पत्रकार महासंघ युरोप शाखाका का.वा. अध्यक्ष केजिन राई, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमकी अध्यक्ष सिता सापकोटा, एनआरएनआईसीसी पुर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, नेपाल जनप्रगतिशील मोर्चा अध्यक्ष मेख गुरुङ , विश्व मगर संघ बेल्जियमका लोक राना मगर, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगर, जन प्रगतिशील मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, संघिय समाजबादी ,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि, जनसम्पर्क समिति बेल्जियम, कास्की समाज बेल्जियम,मोना बेल्जियम, किंरात राई सोसाईटी बेल्जियमका प्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी बेल्जियमका सचिव रुद्रमणि लम्सालले गरेका थिए ।
FOUNDER/CHIEF EDITOR :