म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्चुगलको अधिवेशन १ अक्टोबर लिस्बनमा हुने

म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्चुगलको अधिवेशन १ अक्टोबर लिस्बनमा हुने
www.europenepalikhabar.com २०८० असोज ७ गते आइतबार, 24-09-2023

युरोपनेपाली खबर ।

लिस्बन । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) पोर्चुगलको आठौं अधिवेशन आगामी १ अक्टोबर २०२३ का दिन लिस्बनमा हुने भएको छ ।

गत १७ सेप्टेम्बरमा बसेको मोना पोर्चुगलको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन City WokReaturent (Wokmandu)

Av. Columbano Bordalo Pinheiro 70, Lisboa मा दिनको ४ बजे हुने तय भएको जनाइएको छ । अरु आवश्यक जानकारीका लागि मोना पोर्चुगलका अध्यक्ष रविन पुनलाई फोन नम्बर  920201344 सम्पर्क गर्न आयोजकले अनुरोध गरेका छन् ।

अधिवेशनमा पोर्चुगलका रहेका सम्पूर्ण म्याग्देली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थितिका लागि आयोजकहरुले आग्रह गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित