अब लिस्बनमा पाइन्छ नेपाली लेखकका उत्कृष्ट पुस्तकहरु, संचालनमा आयो नेपाली बुक हाउस

अब लिस्बनमा पाइन्छ नेपाली लेखकका उत्कृष्ट पुस्तकहरु, संचालनमा आयो नेपाली बुक हाउस
www.europenepalikhabar.com २०८० असोज १४ गते आइतबार, 1-10-2023


लिस्बन – पोर्चुगलको राजधानी लिस्वनस्थित लिस्वन नेपाली बजारले नेपाली लेखकहरुद्वारा लेखिएका भाषा, साहित्य, दर्शन, बालबालिकाहरुका लागि उपयुक्त पुस्तक तथा वायाेग्राफीहरु पढ्न चाहाने पाठकहरुका लागि सजिलै उपलब्ध हुनेगरी "बुक हाउस" संचालनमा आएको छ ।

नेपाली पुस्तकहरु पढ्नबाट वञ्चित भईरहेका पुस्तकका पारखीहरुका लागि  लिस्वनमा नेपाली लेखकहरुकाे पुस्तकलाई विशेष प्राथमिकता दिएर “बुक हाउस” संचालन शुरु भएको संचालक प्रकाश गजमेरले बताए ।

नेपाली नेपाली भाषा साहित्यलाई विश्वभरी पुर्याउने अभियानकाे आफू पनि एउटा सारथि बन्ने माैका पाएकाे भन्दै गजमेरले पाेर्तुगलसंससंगै युराेपका अन्य मुलुकहरुमा पनि पुस्तक पुर्याउने उद्देश्य लिईएकाे बताए ।

पहिलाे चरणमा करिब ५०० भन्दा बढी लेखकका नयाँ पुस्तक बाट सुरु गरिएकाे “बुक हाउस”मा केही समयभित्रै नेपाली भाषा, साहित्य तथा जीवनी समेटिएका र नयाँ तथा स्थापित लेखकका अन्य पुस्तकहरु पनि थपिने उनले बताए ।

नेपाली लेखकहरुले लेखेर बाच्न सक्ने बाताबरण बनाउनु पर्छ भन्ने सोच राख्ने गजमेर आफैँमा पनि अध्यानशिल छन् । समाज जागरण र रुपान्तरण गर्नको लागि पुस्तकनै अध्यायन गर्नु पर्छ भन्ने सोच भएका व्यक्ति हुन् ।

बिगत ८ बर्ष देखी पोर्तुगल बस्दै आएका गजमेर यो काम पैसाका लागि नभएर मात्र लेखकका रचनालाई पाठक सम्म पुर्याउने र लेखकले लेखेर नै जीबीकोपार्जन गर्न सकुन भन्ने उद्देश्य रहेको बताउछन् ।

पुस्तक चाहनेहरुले +351920559874 मा ह्वाट्सयाप गरि अडर गर्न सक्नु हुनेछ र लिस्वनमा हुने साथीहरुले Rua lucinda simoes 9, a, sala “M” arrios मा आएर लिन सक्ने जानकारी पनि संचालक गजमेरले दिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित