प्रवासी नेपाली मञ्च युरोपले भूकम्पपीडितलाई ३० लाख सहयोग गर्ने, एनआरएनएसंग सहकार्य गर्ने

प्रवासी नेपाली मञ्च युरोपले भूकम्पपीडितलाई ३० लाख सहयोग गर्ने, एनआरएनएसंग सहकार्य गर्ने
www.europenepalikhabar.com २०८० कार्तिक २३ गते बिहीबार, 9-11-2023

 

पोर्चुगल । प्रवासी नेपाली मञ्च युरोपका संयोजक मुक्त गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले युरोपमा रहेका मञ्चका राष्ट्रिय कमिटीहरुको सक्रियताबाट ३० लाख रुपैया संकलन गरी छिटोभन्दा छिटो भूकम्प पीडितहरुलाई दिइने निर्णय भएको युरोप कमिटीका सचिव सालिक थपलियाले जानकारी दिए । थपलियाका अनुसार संकलित रकम एनआरएनएसंगको सहकार्यमा राहत र पुनः निर्माण खर्च गरिनेछ ।

संयोजक गुरुङले बैठकमा उपस्थित युरोप कमिटीका पदाधिकारी तथा राष्ट्रिय कमिटीका पदाधिकारीहरुलाई यस विषम परिस्थितिमा मातृभूमिमा परेको यो क्षतिमा आ–आफ्नो तर्फबाट योगदान दिन पनि निर्देशन दिए ।

प्रमुख अतिथि प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पा, मञ्च अन्तराष्ट्रिय कमिटी सल्लाहकार समिति उपाध्यक्ष तथा एनआरएनका नवनिर्वाचित उपाध्यक्ष रामशरण सिम्खडा लगायत युरोपस्थित प्रवासी नेपाली मञ्चसंग आबद्ध व्यक्तिहरु र राष्ट्रिय कमिटीका अध्यक्ष तथा सचिवहरुको उक्त बैठकमा उपस्थित थियो ।

अबको ३ हप्तासम्म राष्ट्रिय कमिटीहरुबाट सहयोग संकलन गर्ने र गैरआवासीय नेपालीसँग मिलेर सहयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित