युरोप । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहे पनि दिनभरी नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
अघिल्लो दिन नै दिदीबहिनीहरुले दाजुभाइलाई पान–सुपारी आदि दिएर भाइटीकाको निम्तो दिन्छन् ।