युरोपनेपाली खबर ।
लिस्बन, २७ फेब्रुअरी । प्रवासी नेपाली मंच पोर्चुगलले आफ्नो संगठन विस्तारको कामलाई तीब्र रूपमा अगाडि बढाइरहेको छ । यसै सन्दर्भमा मंचले सेतुबाल क्षेत्रमा क्षेत्रीय अधिवेशन गरी नयाँ कमिटी गठन गरेको छ । आज सेतुबालमा आयोजना भएको कार्यक्रमले अर्जुन भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
प्रवासी नेपाली मंच पोर्चुगल राष्ट्रिय कमिटीका उपसचिव तथा संगठन विभाग प्रमुख मिलन रेग्मीको अध्यक्षता र सचिव दीपक सुवेदीको संचालनमा सम्पन्न भेलाको प्रमुख अतिथि पोर्चुगल राष्ट्रिय कमिटीका अध्यक्ष राजाराम लामिछाने, विशेष अतिथिको रूपमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका उपसंयोजक रोबोट लिम्बू, आइसिसी सदस्य राजकुमार थापा, अतिथिको रूपमा प्रवासी नेपाली मंच पोर्चुगल राष्ट्रिय कमिटी उपाध्यक्ष दीपक खत्री, उपसचिव सुमन शर्मा चौलागाईं, आर्थिक विभाग प्रमुख नवीनकुमार थापा, मंचका युएइ उपाध्यक्ष यामबहादुर पुर्कोटी, विकास फुयाँल लगायतले उपस्थित भइ शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनबाट सर्वसम्मत रूपमा गठन भएको मंचको क्षेत्रीय कमिटी निम्न बमोजिम रहेको छ:
अध्यक्ष : अर्जुन भण्डारी
उपाध्यक्ष : रुद्रप्रसाद सुवेदी
सचिव : छविलाल पाण्डे
उपसचिव : कोपिला गौतम
उपसचिव : अर्जुन ढकाल
सदस्य: मणि पौडेल
सदस्य : रमा घिमिरे
सदस्य : दीपक पौडेल
सदस्य : सुशील दाहाल
सदस्य : अनिल पौडेल
सदस्य : सविना गुरुङ
सदस्य : किस्मत खनाल
सदस्य : राज लामिछाने
सदस्य : मुकुन्द भण्डारी
सदस्य : रेशम अर्याल
सदस्य : पवन बराल
सदस्य : राम डाँगी
सदस्य : रवि पहारी
सदस्य : साधना शर्मा भट्टराई
सदस्य : मन्जु केसी रहेका छन् ।
FOUNDER/CHIEF EDITOR :