प्रवासी नेपाली मंच पोर्चुगलको छैटौं राष्ट्रिय अधिवेशन आगामी जुन २४ तारिख हुँदै

प्रवासी नेपाली मंच पोर्चुगलको छैटौं राष्ट्रिय अधिवेशन आगामी जुन २४ तारिख हुँदै
www.europenepalikhabar.com २०८१ जेठ २७ गते आइतबार, 9-06-2024


युरोपनेपाली खबर, लिस्बन । नेकपा एमाले सम्बद्ध प्रवास संगठन प्रवासी नेपाली मंच पोर्चुगलको छैटौं राष्ट्रिय अधिवेशन आगामी जुन २४ तारिख सोमबार लिस्बनमा आयोजना हुने भएको छ । 

मंचको राष्ट्रिय कमिटीको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राजाराम लामिछानेले बताए । लामिछानेका अनुसार अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न निर्वाचन समिति, आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, प्रतिनिधि व्यवस्थापन समिति, अतिथि सत्कार समिति र  जनपरिचालन समिति गठन गरी विभिन्न व्यक्तिहरुलाई  जिम्मेवारी तोकिएको जानकारी दिए ।

अधिवेशनमा प्रमुख अतिथिको रूपमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष अमेरिका निवासी संजय थापा, विशेष अतिथिको रूपमा अन्तर्राष्ट्रिय कमिटी सचिव हेम शेर्पा, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य युरोप इन्चार्ज भक्त वाग्ले, अन्तर्राष्ट्रिय कमिटी स्कुल विभाग प्रमुख गोविन्द पौडेल, अन्तर्राष्ट्रिय कमिटी  सदस्य तथा पोर्चुगल इन्चार्ज सन्तोष भट्टराई लगायत आउने तयारी रहेको जनाइएको छ ।

प्रवासी नेपाली मन्च पोर्चुगलको पुरानो र ससक्त बैचारिक संगठन रहेको तथा सक्रिय र साधारण सदस्य संख्या पनि बृहत भएको पाइन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित