पोर्चुगलको संसद भवनमा नेपाली सहितको प्रतिनिधि मण्डलद्वारा भेटवार्ता

पोर्चुगलको संसद भवनमा नेपाली सहितको प्रतिनिधि मण्डलद्वारा भेटवार्ता
www.europenepalikhabar.com २०८१ भाद्र १९ गते बुधबार, 04-09-2024


युरोपनेपाली खबर, लिस्बन । गणतन्त्र पोर्चुगलको संसद भवन Palácio de São Bento/Assembly of the Republic मा नेपाली सहितको प्रतिनिधि मण्डलद्वारा सोमबार पोर्चुगिस कम्युनिस्ट पार्टी PCP-Partido Comunista Português का उपप्रमुख तथा सांसद António Filip  संग Solidariedade Imigrante का अध्यक्ष Timóteo Macedo को संयोजनमा आप्रवासी संस्थाहरुका विभिन्न प्रतिनिधिहरुले भेटवार्ता गरेका छन् ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै एनआरएनए आइसीसी सदस्य राजकुमार थापा संसद भवन पुगेका थिए । उक्त भेटको अवसरमा थापाले पोर्चुगलको नेपाली समुदायको हकहित, चासो र समस्याका बारेमा अवगत गराउँदै समाधानको लागि पहल गरिदिन आग्रह गरेको बताएका छन् ।

सो अवसरमा सांसद Filipe ले आप्रवासीलाई परेको समस्या समाधानमा  आफुले पहल गर्ने र संसदलाई पनि ध्यानाकर्षण गराउने बताएको थापाले जनाएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित