सेप्टेम्बर १ आइतबार लिस्बनको मार्तिमुनिज पार्कमा बृहत तीज कार्यक्रम हुँदै

सेप्टेम्बर १ आइतबार लिस्बनको मार्तिमुनिज पार्कमा बृहत तीज कार्यक्रम हुँदै
www.europenepalikhabar.com २०८१ भाद्र ११ गते मंगलबार, 27-08-2024


आरके थापा, युरोपनेपाली खबर, लिस्बन । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा विगत बर्षहरुमा जस्तै यसबर्ष पनि नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलले साँस्कृतिक प्रस्तुति सहितको बृहत तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

आगमी सेप्टेम्बर १ तारिख आइतबार दिउँसोदेखि पोर्चुगलको राजधानी लिस्बनको केन्द्र भागमा अवस्थित मार्तिमुनिज पार्कमा उक्त कार्यक्रम आयोजना गर्ने तयारी तीब्र रूपमा अगाडि बढिरहेको नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिएकी छन् ।

पोर्चुगलका नेपाली नारीहरुको साझा र अग्रणी संस्था नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलद्वारा आयोजित राष्ट्रिय एंव स्थानीय कलाकार र डिजे प्रस्तुति समेत रहने कार्यक्रममा पोर्चुगलका तमाम महिला दिदीबहिनीहरु तथा दाजुभाइ समेतलाई उपस्थित भइ परदेशको भूमिमा पनि नेपाली संस्कृतिको जगेर्ना गर्दै रमाउन आयोजकहरुले आग्रह गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित