प्रवासी नेपाली मञ्च डेनमार्कको छैटौं राष्ट्रिय अधिवेशन जुन १५ तारिख आयोजना हुने

प्रवासी नेपाली मञ्च डेनमार्कको छैटौं  राष्ट्रिय अधिवेशन जुन १५ तारिख आयोजना हुने
www.europenepalikhabar.com २०८१ जेठ २७ गते आइतबार, 9-06-2024


युरोपनेपाली खबर — नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च डेनमार्कको छैटौं राष्ट्रिय अधिवेशन आगामी जुन १५ मा डेनमार्कको कोपेनाहेगेनमा हुने भएको छ । 

अधिवेशनमा  प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यता रहने बताइएको छ ।


त्यस्तै युरोप महादेश इञ्चार्ज तथा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य भक्त वाग्ले,अन्तराष्ट्रिय कमिटी सदस्य सन्तोष भट्टराई लगायतको विशिष्ट आतिथ्यता रहने जनाइएको छ ।

अधिवेशनको तयारी तीब्र रूपमा अगाडि बढिरहेको र अब अन्तिम चरणमा पुगेको मंचका अगुवा अमृत रिजालले जानकारी दिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

मञ्चले डेनमार्क स्थित सम्पूर्ण संघ-संस्थाका अध्यक्ष एवं प्रतिनिधि, मंचका सदस्य, समर्थक, शुभचिन्तक र आम डेनमार्कबासी नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई उपस्थितिका लागि अनुरोध पनि गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित