प्रवासी नेपाली मंच पोर्चुगलको छैटौं राष्ट्रिय अधिवेशनको तयारी तीब्र

प्रवासी नेपाली मंच पोर्चुगलको छैटौं राष्ट्रिय अधिवेशनको तयारी तीब्र
www.europenepalikhabar.com २०८१ जेठ ३२ गते शुक्रबार, 14-06-2024


युरोपनेपाली खबर, लिस्बन । नेकपा एमाले सम्बद्ध प्रवास संगठन प्रवासी नेपाली मंच पोर्चुगलको आगामी जुन २४ तारिख सोमबार लिस्बनमा आयोजना हुने छैटौं राष्ट्रिय अधिवेशनको तयारी तीब्र बनेको छ । अधिवेशन लिस्बनको मार्केस पोम्बलस्थित Betania Restaurant, Rua Camilo Castelo Branco 4, 1150-084 Lisboa मा दिउँसो २:३० बजे सुरु हुने जनाइएको छ ।

मंचको राष्ट्रिय अधिवेशनको लागि प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, हल व्यवस्थापन, अतिथिहरुलाई निमन्त्रणा पठाउने काम चलिरहेको मंचका अध्यक्ष राजाराम लामिछानेले बताए । लामिछानेका अनुसार अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न निर्वाचन समिति, आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, प्रतिनिधि व्यवस्थापन समिति, अतिथि सत्कार समिति र  जनपरिचालन समिति गठन गरी विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकिए बमोजिमको रफ्तारमा काम भइरहेको जानकारी दिइएको छ ।

अधिवेशनमा प्रमुख अतिथिको रूपमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष अमेरिका निवासी संजय थापा, विशेष अतिथिको रूपमा अन्तर्राष्ट्रिय कमिटी सचिव हेम शेर्पा, अन्तर्राष्ट्रिय कमिटी स्कुल विभाग प्रमुख गोविन्द पौडेल, अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा पोर्चुगल इन्चार्ज सन्तोष भट्टराई लगायत आउने तयारी रहेको जनाइएको छ ।

प्रवासी नेपाली मन्च पोर्चुगलको पुरानो र ससक्त बैचारिक संगठन रहेको तथा सक्रिय र साधारण सदस्य संख्या पनि बृहत भएको पाइन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित