बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन आगामी जुलाई १५ तारिखमा हुने

बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन आगामी जुलाई १५ तारिखमा हुने
www.europenepalikhabar.com २०८१ असार ४ गते मंगलबार, 18-06-2024


युरोपनेपाली खबर, लिस्बन । पोर्चुगलका सक्रिय एउटा सामाजिक एवं जिल्ला संस्था बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन आगामी जुलाई १५ तारिखमा हुने भएको छ ।

बागलुङ समाज पोर्तुगलको १५ जुन २०२४ मा समाजका अध्यक्ष केशव केसीको अध्यक्षतामा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । अधिवेशन बृहत र भव्य बनाउन ख्यातिप्राप्त राष्ट्रिय कलाकार बाग्लुङको शान विष्णु खत्रीका साथ सम्पन्न गर्ने निर्णय गरिएको समाजका महासचिव रमेश बुढाथोकीले जानकारी दिए ।

उक्त अधिवेशन सफल पार्न उल्लेखित समितिहरु पनि गठन गरिएको छ ।


क) निर्वाचन समिति :

संयोजक : प्रेम खड्का 

सदस्य :  सज्जन हमाल

सदस्य : एकिन्द्र हमाल

ख) विधान संसोधन समिति :

 संयोजक : ज्ञानु गौतम 

 सदस्य : रमेश बुढाथोकी 

यसैगरी बागलुङ समाज पोर्तुगलको दोस्रो  अधिबेशनबाट निर्वाचित भएका र समितिबाट मनोनीत भएका कार्यसमिति  पदाधिकारी तथा सदस्यहरुको लेवी सङकलनका लागि समाजका उपाध्यक्ष बिजय क्षेत्री लाई जिम्मा दिएको छ ।

यस्तै बागलुङ समाज पोर्तुगलको दोस्रो  अधिवेशनदेखि हालसम्मको आर्थिक प्रतिबेदन तयार पार्ने जिम्मेवारी समाजका बरिष्ठ उपाध्यक्ष तथा आर्थिक संयोजक छवि पौडेललाई तोकिएको छ ।

समाजले बागलुङ जन्मथलो भै पोर्तुगलमा बस्दै आएका सबै बागलुङबासीलाइ आगामी जुलाई १० तारिखसम्म सदस्यता बितरण गर्नेछ । साथै तेस्रो अधिबेशनको लागि अन्य विभिन्न उपसमितिहरु पनि गठन गरिएको जनाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित