प्रवासी नेपाली मञ्च अष्ट्रियाको अध्यक्षमा बाबा राजेश्वरी थापा निर्वाचित, कार्यसमितिमा पनि दुई तिहाई महिला

प्रवासी नेपाली मञ्च अष्ट्रियाको अध्यक्षमा बाबा राजेश्वरी थापा निर्वाचित, कार्यसमितिमा पनि दुई तिहाई महिला
www.europenepalikhabar.com २०८१ असार ९ गते आइतबार, 23-06-2024


युरोप । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रियाको अध्यक्षमा बाबा राजेश्वरी थापा निर्वाचित हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा भियनामा आज सम्पन्न सातौं अधिवेशनले थापालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकी थापा निवर्तमान कार्यसमितिका सचिव हुनुहुन्थ्यो ।

यसैगरी अधिवेशनले उपाध्यक्षमा दिनेश बैदार क्षेत्री र सचिवमा कृष्णकुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ । यस्तै अधिवेशनले आर्थिक बिभाग प्रमुखमा कृष्णदत्त भट्ट तथा कार्यसमितिका सदस्यहरुमा एलिना श्रेष्ठ, अनिता श्रेष्ठ र भावना प्रसाईलाई निर्वाचित गरेको छ ।

प्रवासी अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गर्ने निर्णयसहित ४ सदस्य भने पछि कार्यसमितिबाट पदपुर्ति गर्ने निर्णय गरेको छ । अधिवेशनबाट भने झण्डै दुइ तिहाई महिला निर्वाचित भएका छन ।

अधिवेशनको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथ अन्तरिाष्ट्रिय कमिटीका अध्यक्ष थापाले प्रवासी नेपाली मञ्चको माध्यमबाट संसारभरी अहिले नेपालीहरुबीचको समस्या, आवश्इकता र नेपालीहरुबीचको एकता कसरी संभव हुन सक्छ भनेर अभियान चलाइरहेको बताउनु भयो ।

यो कामका लागि सक्दो सहयोग र सहजीकरण गर्दै ओएनएफ हिडिरहेको भन्दै अध्यक्ष थापाले प्रवासमा रहेका नेपालीहरुबीच एकता कायम गर्ने र आफू समृद्ध भएर मातृभूमिको समृद्धिका लागि काम गर्ने मिशनमा रहेको बताउनु भयो ।

नेपालमा प्रवासी नेपालीले आफ्नो हक अधिकार प्राप्त गर्न प्रवासमा रहेका सवै नेकपा एमाले जस्तो इमान्दार र जनताप्रति उत्तरदायी बन्ने पार्टीमा लाग्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनु भयो ।

प्रवासी नेपाली मञ्च अष्ट्रियाका अध्यक्ष दधिराम नेपालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य एवं कला, साहित्य तथा संस्कृति बिभाग प्रमुख सरस्वती केसी, अन्तराष्ट्रिय कमिटी सदस्य कल्पना त्रिपाठी, सल्लाहकार परिषदका उपाध्यक्ष रामशरण सिंखडा, गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियकामा अध्यक्ष ध्रुव पौडेललगायतका बक्ताहरुले शुभकामना दिनुभएको थियो ।

सो क्रममा बक्ताहरुलेप्रवासमा रहेका नेपालीको हितमा आफू र आफ्नो संगठन दत्तचित्त भएर लागेको र समृद्ध नेपाली : सुखी नेपालीको आकांक्षा पूरा गर्न प्रवासमा अभियान जारी राखेको जानकारी दिनुभयो । अधिवेशन उदघाटन सत्रको सञ्चालन सचिव तथा नवनिर्वाचित अध्यक्ष थापाले गर्नुभएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित