किराँत याक्थुङ चुम्लुङ साइप्रसद्वारा साउने सङ्क्राति कार्यक्रम मनाउने

किराँत याक्थुङ चुम्लुङ साइप्रसद्वारा साउने सङ्क्राति कार्यक्रम मनाउने
www.europenepalikhabar.com २०८१ असार १७ गते सोमबार, 1-07-2024


एलिया लिम्बु,
साइप्रस । साइप्रसमा एक सक्रिय संस्था किरात याक्थुङ चुम्लुङ साइप्रसले सिसेक्पा तङ्नाम येले तंङवे -५०८४ (साउने सङ्क्राति -२०८१) कार्यक्रम आउँदो जुलाई २१ तारिख मनाउने भएको छ।

भाषा ,धर्म,संस्कार ,संस्कृतिको संरक्षण गरौँ लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔँ भन्ने मूल नाराका साथ यस कार्यक्रम मनाउने भएको हो ।

लिम्बू संस्कार,संस्कृती झल्काउने के-लाङ,(च्याब्रुङ नाच)या-लाङ (धान नाच) तथा मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुतिहरु सङ्ग बिदेशी भुमिमा रहेर पनि आफ्नो मौलिक संस्कार संस्कृतिहरुलाई जगेर्ना गर्ने उद्देश्यका साथ यस वर्ष पनी सिसेक्पा तङ्नाम येले तंङवे -५०८४ (साउने सङ्क्रान्ति -२०८१) शुभकामना आदन प्रदान तथा भेटघाट कार्यक्रम मनाउने भएको हो ।

कार्यक्रम साइप्रसको पापोस सहरमा रहेको The Back Street Asian Noodles restaurant मा हुने भएको हो। 

किरात याक्थुङ चुम्लुङ साइप्रसले यसभन्दा अघि पनि थुप्रै सांस्कृतिक कार्यक्रमहरू गर्दै आइरहेको छ। 

साइप्रसमा एकअर्कालाई हातेमालो गर्दै अगाडि बढिरहेको संस्था किरात याक्थुङ चुम्लुङ साइप्रसले यस कार्यक्रमका पनि भव्यताका साथ सम्पन्न गर्ने भएका छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित