नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल चयन

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल चयन
www.europenepalikhabar.com २०८१ असार २० गते बिहीबार, 4-07-2024


काठमाडौं : नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएको समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए। उनका अनुसार सम्मानित नेतामा पनि झलनाथ खनाल दोहोरिएका छन्। बाँकी रहेका पदमा शुक्रबार विहानसम्म टुंगो लगाइने बताइएको छ।

भुसालले अध्यक्ष पदमा दाबी गर्दै आए पनि अन्त्यमा नेपाल नेतृत्वमा जान उनी सहमत भएका थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित