फ्रान्समा वामपन्थी गठबन्धनको उदय, सरकार बनाउने दावी, दक्षिणपन्थी दल तेस्रो

फ्रान्समा वामपन्थी गठबन्धनको उदय, सरकार बनाउने दावी, दक्षिणपन्थी दल तेस्रो
www.europenepalikhabar.com २०८१ असार २४ गते सोमबार, 8-07-2024


फ्रान्समा वामपन्थी गठबन्धनले ‘आश्चर्यजनक’ जित निकालेको छ।

आइतबार सम्पन्न दोस्रो तथा अन्तिम चरणको निर्वाचनबाट त्यहाँ वामपन्थी गठबन्धन पपुलर फ्रन्ट १८२ सिट जितेर सबैभन्दा ठूलो शक्ति बनेको हो। 

५७७ सिटमध्ये वामपन्थी गठबन्धनले १८२ सिट जितेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

चुनावअघि गरिएका प्रक्षेपणहरूमा फ्रान्समा यसपालि पनि दक्षिणपन्थीले बहुमत ल्याउने प्रक्षेपण गरिएको थियो।

तर प्रक्षेपण उल्टाउँदै गठबन्धन अगाडि आएको हो।

पहिलो चरणको निर्वाचनमा मरिन लि पेनको दक्षिणपन्थी पार्टी नेशनल र्‍याली बहुमततर्फ अग्रसर भएपछि दोस्रो तथा अन्तिम चरणको निर्वाचनका लागि मध्यमार्गी पार्टीहरूले वामपन्थीलाई सघाएका थिए।

नेशनल र्‍याली नेतृत्वको गठबन्धनले १४३ सिट ल्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको मध्यमार्गी पार्टी रिनेसन्सले भने १६८ सिट जितेको छ।

रिपब्लिकन र अन्य दक्षिणपन्थी दलहरूको गठबन्धनले ६०, अरू वामपन्थी दलहरूले १३ र अन्य दलहरूले ११ सिट जितेको छ।

यद्यपि कुनैपनि पार्टीहरूले सरकार बनाउन आवश्यक बहुमत नल्याएका कारण त्यहाँ त्रिशंकू संसद बन्ने भएको छ।

पपुलर फ्रन्टका नेता जन ल्युक मेलेन्सनले बामपन्थी दलबाट प्रधानमन्त्री बन्ने बताएका छन्। उनले राष्ट्रपति इम्यानुएल म्याक्रों र दक्षिणपन्थी दलहरूको एजेन्डा पराजित भएको पनि बताएका छन्।

रिनेसन्स पार्टी तेस्रो भएपछि प्रधानमन्त्री ग्याब्रियल अटालले राजीनामा दिने बताएका छन्।  

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित