अनेसास केन्द्रीय अध्यक्षमा सर्वज्ञ वाग्ले र महासचिवमा सिटौला विजयी, अरु को को निर्वाचित भए ?

अनेसास केन्द्रीय अध्यक्षमा सर्वज्ञ वाग्ले र महासचिवमा सिटौला विजयी, अरु को को निर्वाचित भए ?
www.europenepalikhabar.com २०८१ असार २६ गते बुधबार, 10-07-2024


पोर्चुगल, १० जुलाई । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)को केन्द्रिय कार्यकारी समितिको निर्वाचनमा अध्यक्ष पदमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् ।

आज सम्पन्न निर्वाचनको नतिजा अनुसार वाग्लेले ८५९ मत अर्थात ५९.०८ % मत प्राप्त गर्दै अध्यक्ष पदमा जीत हासिल गरेका छन् ।

त्यस्तै उनका प्रतिद्वन्धी र मैदानमा उत्रिएकी साहित्यकार विमला निरौला पराजित भएकी छिन् । उनले कूल ५९५ अर्थात् ४०.९२ % मत ल्याएकी निर्वाचन समितिले जानकारी दिएको छ ।


यसैगरी वरिष्ठ उपाध्यक्षमा लाल गोपाल सुवेदी, क्षेत्रिय उपाध्यक्ष अमेरिकाका लागि सुदिपभद्र खनाल, क्षेत्रिय उपाध्यक्ष एसियाको लागि सरिता अर्याल तथा महासचिवमा राजु सिटौला बिजयी भएका छन् ।

निर्वाचन नतिजाको घोषणा प्रत्यक्ष प्रसारणबाट सामाजिक सन्जाल (फेसवुक) बाट प्रत्यक्ष रुपमा गरिएको छ । बिजेता वाग्ले तथा उपविजेता निरौलाले समेत छोटो मन्तव्य राखे । निरौलाले वाग्लेलाई बधाई दिएकी थिइन्  भने उनले आफूलाई मत दिने र नदिने दुवैलाई धन्यवाद दिईन् । प्रमुख निर्वाचन आयुक्त गुणराज लुईटेलले नतिजाको घोषणा गरेका हुन्। नवनिर्वाचित अध्यक्ष वाग्लेले सबैलाई धन्यवाद दिदै विमला निरौला चेली जस्तै हुनभन्दै मिलेर काम गर्ने प्रतिवद्धता जाहेर गरे ।

वर्तमान अध्यक्ष गोवर्धन पूजा तथा पूर्व अध्यक्ष पदम विश्वकर्माले पनि छोटो मन्तव्य राखे।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित