Breaking News : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

Breaking News : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
www.europenepalikhabar.com २०८१ असार ३० गते आइतबार, 14-07-2024


राजकुमार थापा, युरोपनेपाली खबर, पोर्चुगल ।

 चुनावी प्रचार प्रसारको लागि एउटा र्‍यालीमा सहभागी  पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोलीबाट उनको दाहिने कानबाट रगत बगेको तस्बीरहरु अहिले सञ्चार माध्यमहरुमा आइरहेका छन् ।

ट्रम्पको अवस्था अहिले स्थीर रहेको जनाइएको छ । मञ्चमा भाषण गरिरहेका ट्रम्पलाई गोली हान्ने व्यक्ति को हुन् भन्ने बारेमा अहिलेसम्म केही सार्वजनिक भएको छैन । गोली प्रहार पछि घाइते ट्रम्पलाई तत्कालै सुरक्षाकर्मीहरुले अस्पताल पुर्‍याएका थिए ।

गोली प्रहार गरेर राजनीतिक हिंसा सुरुवात गरेकोमा अमेरिकामा सबै तिरबाट निकै चिन्ता व्यक्त गरिएको छ । तर कस्ले र के कारणले गोली हानेको हो भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन ।

घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, 'हाम्रो लोकतन्त्रमा कुनै पनि राजनीतिक हिंसालाई स्थान छैन ।'

सन् २०१७ देखि २०२० सम्म राष्ट्रपति रहेका ट्रम्प यसपटक पनि उम्मेदवार हुने तयारीमा छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित