पोर्चुगलको लागि प्रकाशमणि पौडेल राजदूत सिफारिस, को को छन् २० जना राजदूतको सिफारिसमा ?

पोर्चुगलको लागि प्रकाशमणि पौडेल राजदूत सिफारिस, को को छन् २० जना राजदूतको सिफारिसमा ?
पोर्चुगलको लागि राजदुत सिफारिस भएका प्रकाशमणि पौडेल
www.europenepalikhabar.com २०८१ साउन १४ गते सोमबार, 29-07-2024


युरोपनेपाली खबर, पोर्चुगल । नेपाल सरकार मन्त्री परिषदले पोर्चुगलको लागि प्रकाशमणि पौडेललाई राजदुत सिफारिस गरेको छ । पौडेल परराष्ट्र मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत रहेका छन् । 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीन, श्रीलंका, रसिया, अस्ट्रेलिया, दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ ।

चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ फिर्ता बोलाउने निर्णय भएको हो ।

सरकारले अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ । अमेरिकामा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस  गरेको जनाइएको छ । त्यस्तै दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे र मलेसियामा नेत्र तिमल्सिना सिफारिस भएका छन् ।

स्पेनमा सनिल नेपाल, साउदी अरबमा नरेश विक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित र अस्ट्रेलियामा कान्ता रिजाल सिफारिस भएकी छन् ।

चीनमा डा. कृष्णप्रसाद ओली र जर्मनीमा शैल रूपाखेती, पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सफारिस भएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित