युरोपनेपाली खबर, पोर्चुगल— इन्ट्रा फाउन्डेसनले आगामी फेब्रुअरी १५ र १६ तारीख पोर्चुगलमा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोपस्तरीय अडिसनका गर्ने भएको छ ।
गत मंगलबार २१ तारिख फाउन्डेसन पोर्चुगलको लिस्बनमा आयोजना गरेको मिट एण्ड ग्रिट कार्यक्रम उक्त जानकारी दिइएको हो ।
युरोप संयोजक देवी गर्बुजा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन ब्यवस्थापन समितिका संयोजक दिपेश बिस्टले गरेका थिए ।
कार्यक्रममा इन्ट्रा फाउन्डेसनका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अमेरिकाबाट डिजिटली सहभागी जनाई आगामी फेब्रुअरी १५ र १६ मा हुने अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो अन्तर्गत मेरो डान्स युनिभर्स सिजन-२ र मेरो भ्वाइस युनिभर्स सिजन-२ आयोजनाको उदेश्य, नीतिनियम र अडिसनको महत्त्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा एनआरएनएका आइसीसी सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, नेपाली जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थी, स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष विपिन अर्याल, दाङ स्पोर्ट्स क्लबका सल्लाहकार बिष्णु घर्ती लगायतले कार्यकारी निर्देशक चुडामणि भट्टराईले जिज्ञासाहरू राखेका थिए ।
कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
FOUNDER/CHIEF EDITOR :