पोर्चुगलमा सोनाम ल्होछार भव्यरूपमा मनाउने तयारी भएको छ : गोपाल योन्जन, अध्यक्ष, तामाङ समाज पोर्चुगल

पोर्चुगलमा सोनाम ल्होछार भव्यरूपमा मनाउने तयारी भएको छ : गोपाल योन्जन, अध्यक्ष, तामाङ समाज पोर्चुगल
तस्बिर : अध्यक्ष गोपाल योन्जन
www.europenepalikhabar.com २०८१ माघ १७ गते बिहीबार, 30-01-2025


लिस्बन, पोर्चुगल — पोर्चुगलका सम्पूर्ण तामाङ जातिको साझा संस्था तामाङ समाज पोर्चुगलले मञ्जुश्री संवत् २८६१ डुल/स पुख्री ल्होको अवसरमा आगामी आइतबार सोनाम ल्होछार तथा शुभकामना आदानप्रदान एवं बृहत् साँस्कृतिक कार्यक्रम भव्यरूपमा मनाउने तयारी भएको समाजका अध्यक्ष गोपाल योन्जनले बताएका छन् ।


फेब्रुअरी २ तारिख आइतबारका दिन राजधानी लिस्बनको टाइम आउट मार्केट क्याइसोड्रेमा उक्त कार्यक्रम गरिने भएको हो ।

"तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण" भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको तामाङ समाज पोर्चुगलले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपालको राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६१ डुल/सा पुख्री ल्हो अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकहरुले जनाएका छन् ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने  छ। पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्यास दो सोड्रेमा हुने कार्यक्रम बिहान ११ बजेदेखि सुरु भइ मध्यराति सम्म चल्नेछ । पोर्चुगलमा रहनुभएका तामाङ तथा गैर तामाङ आम पोर्चुगलबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आयोजकले निमन्त्रणा गरेका छन् ।

कार्यक्रममा गायक रामबाबु योन्जन, कुनसाङ वाईबा,रमित लामा, सोनाम योन्जन, रामकृष्ण तामाङ, च्याडबा लो तामाङ, बुद्ध योञ्जन लामा साथै म्हेन्दोमायाँ गायक पुष्पा वाईबा, पूर्ण तामाङ र म्हेन्दोमायाँ गायिका भारती तामाङ गायिका गीत लामा रहेका छन् ।

त्यस्तै कार्यक्रममा कोरियोग्राफर तथा डान्सर बिशाल लामा, नृत्यमा मन्सु लामा दोङ, रोशनी तामाङ, टुईङकल तामा, पुजा मोक्तान,सपना छन्त्याल,सुनिता तामाङ, सम्झना जिम्बा,बिमला बोम्जन,गंगा रुम्बा,लिजी कार्की,अनिता बोम्जन,रेश्मा लामा र रोहन योन्जनले समेत प्रस्तुति दिने भएका छन् ।

प्रख्यात मोक्तानले सञ्चालक गर्ने कार्यक्रममा आयोजकले उक्त कार्यक्रमको लागि सहयोग स्वरुप बीस युरो टिकेट समेत व्यवस्था गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित