युरोपनेपाली खबर, लिस्बन । संसारभरका मुलुकहरूका लागि सुन अझै पनि प्रमुख सम्पत्ति हो। सबै देशका केन्द्रीय बैंकले आर्थिक अस्थिरतासँग जुध्न ठूलो मात्रामा सुन भण्डार गरेका छन्।
वर्ल्ड गोल्ड काउन्सिलको पछिल्लो तथ्यांकअनुसार संयुक्तराज्य अमेरिका अझै पनि सबभन्दा धेरै सुनको स्टक राख्ने देश हो।
विश्वको कुल सुन भण्डारको एक चौथाइभन्दा बढी अमेरिकासँग छ। यो उसले दशकौंदेखि जम्मा गरेको हो।
अमेरिकासँग अहिले ८१३३ टन स्टक छ। यसको मूल्य ६६२ अर्ब अमेरिकी डलर हुन्छ।
अमेरिकापछि दोस्रो स्थानमा जर्मनी छ भने इटाली र फ्रान्स पनि शीर्ष चारमा छन्। चीन र रूसले पनि आफ्नो सुन भण्डार बढाइरहेका छन्।
चीनले सुन भण्डार बढाउनुको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरको निर्भरता कम गर्नु हो। त्यस्तै, युक्रेन युद्धपछि उत्पन्न पश्चिमी प्रतिबन्धका कारण रूसले आर्थिक सुरक्षाका लागि सुन भण्डार बढाइरहेको छ।
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अहिले संसारमा सबभन्दा धेरै सुन भण्डार भएका १० देश यी हुन् —
१. अमेरिका – ८,१३३.५ टन (६६२.५ अर्ब डलर)
२. जर्मनी – ३,३६२.४ टन (२७४ अर्ब डलर)
३. इटाली – २,४५१.८ टन (१९९.७ अर्ब डलर)
४. फ्रान्स – २,४३६.५ टन (१९८.५ अर्ब डलर)
५. रूस – २,२९८.५ टन (१८७.१ अर्ब डलर)
६. चीन – २,०१०.५ टन (१६३.५ अर्ब डलर)
७. स्विट्जरल्यान्ड – १,०४० टन (८४.६ अर्ब डलर)
८. जापान – ८४५.९ टन (६८.८ अर्ब डलर)
९. भारत – ८००.० टन (६५.० अर्ब डलर)
१०. नेदरल्यान्ड्स – ६१२.५ टन (४९.७ अर्ब डलर)
FOUNDER/CHIEF EDITOR :