मार्च १० तारिख सोमबार नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने

मार्च १० तारिख सोमबार नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने
www.europenepalikhabar.com २०८१ फागुन २३ गते शुक्रबार, 7-03-2025


युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल — पोर्चुगलका नेपाली महिलाहरुको अग्रणी साझा र छाता संस्था नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा आउँदो सोमबार मार्च १० तारिख उक्त कार्यक्रम गर्ने तयारी भएको नेप्लिज् वुमन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिइन् ।

उक्त कार्यक्रममा उपस्थितिका लागि पोर्चुगलस्थित सम्पूर्ण नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र आम नेपाली दिदीबहिनीहरुलाई आग्रह गरिएको अध्यक्ष अधिकारीले बताइन् । 

सो कार्यक्रमलाई भव्य र रमाइलो बनाउन स्थानीय कलाकारहरू गायक अर्जुन सुनाम, गायिका गीत रेउली, कला पंगिनी र डान्समा देवी गर्बुजा मगरको प्रस्तुति रहेको जनाइएको छ । 

कसरी सुरु भयो अन्तर्राष्ट्रिय महिला दिवस ?

महिला आन्दोलन ससक्त नेतृ तथा सामाजिक अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी चुनिएपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी समाजवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि अन्तर्राष्ट्रिय महिला दिवस थालियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित