शेर्पा किदुग पोर्चुगलले ग्याल्पो ल्होसारको अवसरमा ३० मार्च आइतबार भव्य कार्यक्रम आयोजना गर्दै

शेर्पा किदुग पोर्चुगलले ग्याल्पो ल्होसारको अवसरमा ३० मार्च आइतबार भव्य कार्यक्रम आयोजना गर्दै
www.europenepalikhabar.com २०८१ चैत १३ गते बुधबार, 26-03-2025


युरोपनेपाली खबर, लिस्बन । शेर्पा किदुग पोर्चुगलको आयोजनामा पोर्चुगलस्थित शेर्पा लगायत नेपाली समुदायले नेपालको राष्ट्रिय पर्व ग्याल्पो ल्होसार (नयाँ वर्ष २१५२, सिङ्गमो डुलल्हो–सर्प वर्ग) को अवसरमा विशेष साँस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी भएको छ ।

आगामी मार्च ३० तारिख साँझ ५ बजे लिस्बनस्थित Wok Mundo (City Wok), Av. Columbano Bordalo Pinheiro 70 मा सो कार्यक्रम हुन लागेको हो ।

पोर्चुगलमा रहेका शेर्पा समुदाय र  नेपालीहरूको संस्कृति, परम्परा तथा एकताको भावनालाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको “लोसार साँझ साँस्कृतिक कार्यक्रम” मा विभिन्न साँस्कृतिक प्रस्तुतिहरू, परम्परागत नृत्य, मनोरञ्जनात्मक कार्यक्रमहरू तथा नेपाली खाना र परिकारहरूको विशेष व्यवस्था गरिने आयोजकहरूले जनाएका छन् ।

शेर्पा किदुक पोर्चुगलले  यहाँस्थित सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आग्रह गर्दै भनेको छ "यस लोसार साँझ साँस्कृतिक कार्यक्रममा सहभागी भई नेपाली संस्कृतिको जगेर्ना गर्न तथा आपसी सद्भाव बढाउन पोर्तुगलवासी सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रमको जानकारीका लागि  सहभागिता जनाउन उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न सकिने छ।"

सम्पर्क:

राजेन्द्र शेर्पा : 920 314 343

डेन्डी शेर्पा : 920 168 443

पेमा डोमा शेर्पा : 920 380 070

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित