भूमिगत दुर्गा प्रसाईंले निकाले कडा वक्तव्य, किन गरे फेरि यस्तो आह्वान ?

भूमिगत दुर्गा प्रसाईंले निकाले कडा वक्तव्य, किन गरे फेरि यस्तो आह्वान ?
www.europenepalikhabar.com २०८१ चैत १६ गते शनिबार 29-03-2025

दुर्गा प्रसाइले फेसबुकमा निकालेको वक्तव्य जस्ताको तस्तै :

हार्दिक अपिल 

आदरणीय सम्पूर्ण देशभक्त दाजुभाइ , दिदीबहिनी, आमा बुबा ! 

हिजो १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधर संयुक्त जनआन्दोलन संघर्ष समिति द्वारा आयोजित कार्यक्रममा यो भस्ट्र सरकार का पाल्तु प्रहरी र यिनका पार्टीका भतुवाहरुको घुसपैठ गराई योजना बद्ध तवरले गरिएको हत्या र प्रहरी दमनका साथै विभिन्न स्थानमा भएका आगजनी र लुटपाट का घटना घटाएको कुरा त हामी सबैलाई सर्वविदितै छ !

सम्पूर्ण राजसंस्थावादी संघ संस्था, अभियान तथा पार्टीको सामूहिक प्रयास द्वारा गठन गरिएको सभामा कार्यक्रम सञ्चालन हुन नपाउँदै अश्रु ग्यास प्रहार गरेर सभा बिथोल्ने कार्य गर्ने सरकारले आफैले हत्या गरिएका नागरिकहरुको हत्याको जिम्मेवारी जनकमाण्डर दुर्गा प्रसाई माथि थोपर्ने प्रयास गर्ने ? बन्दुक कसले चलायो दुर्गा ले की प्रहरीले ? 

संघर्ष समितिका अग्र नेतृत्वमा रहनु भएका नेता धवल सम्शेर राणा र रवीन्द्र मिश्र लाई गिरफ्तारी गर्ने , केन्द्रीय संयोजक नवराज सुवेदी ज्यू लाई नजरबन्द गर्ने जस्ता घृणित  कार्य गर्ने सरकारले सयौ राष्ट्रवादी नागरिकहरुलाई गिरफ्तारी गरेको प्रति घोर आपत्ति सहित भर्त्सना गर्दछौ ! 

यिनीहरूको यतिमात्रै दमन र तानाशाह प्रवृत्ति यत्तिले मात्रै नपुगेर श्री ५ माहराधिरज ज्ञानेन्द्र वीरविक्रम सरकारलाई समेत नजरबन्द गर्ने , पक्राउ गर्ने भन्ने जस्ता अभिव्यक्ति हरु सरकारी उच्च ओहदामा बस्ने हरुले व्यक्त गरिरहेका छन् र आज बाट श्री ५ लाई सुरक्षाको लागि प्रदान गरिएको सशत्र प्रहरीको सुरक्षा फिर्ता गरेको भन्ने जानकारी हुन आएको छ र अझै महाराजाधिराजको पासपोर्ट समेत जफत गर्ने तयारी भएको बुझिएको छ ! 

यसरी खुलमखुल्ला सिङ्गो राष्ट्रलाई चुनौती दिएर हाम्रा प्यारा राजालाई दमन गरेको हामी टुलु टुलु हेरेर बस्न सक्दैनौं ! 

तसर्थ हिजो तीनकुनेमा भएको हत्या र प्रहरी दमनका बिरुध्द र श्री ५ महाराजाधिराज सरकार माथि गरेको अत्याचारको बिरुद्दमा आम नागरिकहरु आउनुको विकल्प छैन ! 

नेताको मुख नताकौ, जनताले गर्ने जनआन्दोलन जनताकै नेतृत्वमा गरौं र यो भ्रष्ट दलाल हरुको पञ्जा बाट यो देशलाई मुक्त गर्न भोलि देखि नै देश भर हरेक शहरका सडकमा भेलाभएर हाम्रा आवाज बुलन्द पारौं र न्यायको पक्षमा आन्दोलित बनौं !

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित