युरोपनेपाली खबर ।
लिस्बन, पोर्चुगल, १५ अप्रिल । पोर्चुगलको इमिग्रेसन अफिस आइमा(AIMA) आवद्ध स्थानीय केन्द्र "सेन्टर फर द इन्टिग्रेशन अफ माइग्रेन्ट्स (CLAIM)" को सेवा अब नियाल्प पोर्चुगलको कार्यालय लिस्बनबाट सुरु भएको छ ।
आज मंगलबार एक कार्यक्रमका बीच आइमा पोर्चुगल संचालक समितिका अध्यक्ष डा. पेद्रो पोर्तुगाल गास्पर र नियाल्प पोर्चुगलका अध्यक्ष कमल भट्टराईले उक्त सेवाको औपचारिक रूपमा नियाल्प पोर्चुगलको कार्यालयमा उद्घाटन गरे ।
नेपालीहरुद्वारा पोर्चुगलमा स्थापित संघसंस्थामा आइमा(AIMA) आवद्ध केन्द्र CLAIM को स्वीकृति पाउने नियाल्प पहिलो संस्था बनेको छ ।
"पोर्चुगिज समाजमा नेपाली आप्रवासीहरूको एकीकरणको लागि संघसंस्थाको साझेदारीमा पहिलो पटक मार्टिम मुनिजमा सुरु भएको यो सेवाले पोर्चुगलमा बसाइ रोजेका सबै आप्रवासीहरूको एकीकरणलाई प्रवर्द्धन गर्न AIMA ले गरेको कामको प्रतिबिम्ब हो" केन्द्रको उद्घाटन गर्दै आइमा अध्यक्ष पेद्रो पोर्तुगाल गास्परले बताए ।
CLAIM को केन्द्रबाट पाउने सेवा सबै नि:शुल्क हुने नियाल्प पोर्चुगलका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईले भने, "नियाल्पले CLAIM को सेवा संचालनको स्वीकृति पाउनु पोर्चुगलमा रहेका समग्र नेपाली र अन्य आप्रवासीका लागि महत्त्वपूर्ण उपलब्धिको क्षण हो, यसबाट आप्रवासी समुदायलाई धेरै सहजता मिल्ने र लाभान्वित हुने विश्वास लिएका छौं ।"
केन्द्रले आप्रवासीको अन्तर्राष्ट्रिय हित तथा सुरक्षाका लागि आवेदकहरू सहित आप्रवासी नागरिकहरूको स्वागत,जानकारी र सहयोगका कार्यहरू नि:शुल्क सेवा प्रदान गर्नेछ ।
उद्घाटन कार्यक्रममा सामाजिक विभागका प्रमुख हुगो मार्केऔस, प्रोफेसर शिवकुमार सिंह, काजा दि इन्डियन एसोसिएसनका अध्यक्ष जोसे लुइस र गैरआवसीय नेपाली संघ आइसीसीका केन्द्रीय सदस्य राजकुमार थापा लगायत उल्लेख्य मात्रामा पोर्चुगिस मिडियाहरुको उपस्थिति थियो ।
CLAIM के हो र केन्द्रमा के के सेवा उपलब्ध हुन्छन् ?
CLAIM is the Office of the High Commissioner for Migration is now part of the Agency for Integration, Migration and Asylum (AIMA), which was created in 2023. Due to this change, the procedure for this service may be out of date. We are working together with AIMA to update the gov.pt portal.
Local Migrant Integration Support Centres (CLAIM) are reception, information and support offices or spaces designed to help migrants in different areas:
Regularization of migration status :
• Nationality
• Family Reunification
•Housing
• Work
• Social Security
• Voluntary Return
• Health
• Education
• Entrepreneurship
• Support for Associations
Others.
FOUNDER/CHIEF EDITOR :