लिस्बन, १३ मे । पोर्चुगलमा आप्रवासी हितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको अग्रणी संस्था नियाल्प पोर्चुगलले स्वास्थ्य, शिक्षा, बसोवास अनुमतिपत्र, पारिवारिक पुनर्मिलन, नागरिकता आवेदन लगायत विभिन्न कानुनी प्रक्रियाको बारेमा नि:शुल्क सेवा दिन थालेको छ । आज नियाल्प पोर्चुगलले एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो ।
हेर्नुहोस् NIALP Portugal को सूचना !
NIALP ले आजबाट पोर्तुगलमा कानुनी रुपमा बसोवास गरिरहेका आप्रवासीहरूको सहयोगको लागि AIMA (Agência para a Integração, Migrações e Asilo) को प्रत्यक्ष सहयोगमा “One Step” परियोजना मार्फत निम्न सेवाहरु नि:शुल्क उपलब्ध हुने जानकारी गराउन चाहन्छौं ।
उपलब्ध हुने सेवाहरु :
- सार्वजनिक स्वास्थ्य सेवाको जानकारी, ।
- सार्वजनिक शिक्षाको जानकारी ।
- कानुनी प्रक्रिया (बसोवास अनुमतिपत्र, पारिवारिक पुनर्मिलन, नागरिकता आवेदन) को जानकारी ।
- अन्य सामाजिक तथा सार्वजनिक सेवा सम्बन्धि जानकारी ।
समय :
• सोमबारदेखि शुक्रबार : दिउँसो १२ बजेदेखि ४ बजेसम्म ।
• शनिबार : बिहान ११ बजेदेखि दिउँसो ४ बजे
स्थान : NIALP कार्यालय, मार्तिम मुनिज, लिस्बन ।
FOUNDER/CHIEF EDITOR :