युरोपनेपाली खबर ।
लिस्बन । पोर्चुगलमा आगामी आइतबार (१८ मे) संसदीय आम चुनाव हुँदैछ । आम चुनाव हुन ३६ घण्टा अघि सिएनएन पोर्चुगमा आएको ताजा मतसर्वेक्षण प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको सत्तारुढ दल PSD ले उच्च प्रतिशत ल्याउने देखिएको छ ।
सर्वेक्षण अनुसार अहिले सत्ता सम्हालिरहेको पार्टी PSD ले ३३.२ प्रतिशत, प्रमुख प्रतिपक्षी PS ले २५.६ प्रतिशत र आप्रवासी प्रति कडा नीति अप्नाउने दक्षिणपन्थी पार्टी CHEGA ले १९.२ प्रतिशत मत ल्याउने देखिन्छ । चुनावको दिनसम्म पुग्दा CHEGA अझै मत बढाएर आश्चर्यजनक नतिजा ल्याउन सक्ने अनुमान गरिएको छ ।
सरकार भने वर्तमान प्रधानमन्त्रीले नै बनाउने आंकलन सर्वेक्षणले गरेको छ ।
FOUNDER/CHIEF EDITOR :