अति प्रज्वलनशील पदार्थ मेथानोल (CH₂OH) मिस्रित मदिरा सेवनबाट गत सातादेखी हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको दुखद् निधन भएको छ । १ सय ६० बढी स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत छन् । बिषाक्त मदिरा सेवन गरि निधन हुनेमध्य १६ जना नेपाली आप्रवासी श्रमिकहरु रहेको पुष्टी भएको छ । नेपाली श्रमिकहरु सहित मृतक सबैप्रति नेपाल पत्रकार महासंघ बैदेशिख शाखा कुवेत भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उपचाररत घाईतेहरुको शिघ्र स्वाथ्यलाभको कामना गर्दछ ।
मध्यपूर्विय आर्कषक श्रम गन्तब्य कुवेतमा मदिरा, लागुऔषध उत्पादन, ओसारपसार र बिक्रि वितरण पूर्णतः प्रतिबन्धित छ । बन्देजका बाबजुत नेपालीसहित मुख्यतः एशियाली मुलका नागरिकहरु सो प्रतिबन्धित कार्यमा संग्लङ्ग भएको पाईएको छ जसका कारण आज ठूलो संख्यामा मानविय क्षति भएको छ । यस दुखद् घडिमा मृतकका नेपालस्थित परिवारजन तथा शोकाकुल आफन्तजनमा महासंघ गहिरो समवेदना प्रकट गर्दछ ।
साथै, कुवेतमा श्रमरत सम्पूर्ण नेपालीहरुलाई मदिरा, लागुऔषध तथा स्थानीय कानुनले बन्देज गरेका कुनै पनि अबैधानिक उत्पाद सेवन, कारोबार, ओसारपसार नगर्न र नगराउनुहुन अनुरोध सहित सचेत गराउँदछौं। सँगै नेपालमा रहेका आफ्ना आफन्त, परिवार र सन्तानको भबिष्यलाई प्राथामिकतामा राखी स्थानीय कानुनको सम्मान गर्दै आफ्नो काममा कटिबद्धताका साथ लागिरहन नेपाल पत्रकार महासंघ बैदेशिक शाखा हार्दिक अनुरोध गर्दछ ।
एकराज मल्ल
अध्यक्ष
आङकाजी शेर्पा
सचिव
नेपाल पत्रकार महासंघ कुवेत
FOUNDER/CHIEF EDITOR :