ठकुरी समाज पोर्चुगलको तीज विशेष कार्यक्रममा चर्चित गायिका रचना रिमालले प्रस्तुति दिने

ठकुरी समाज पोर्चुगलको तीज विशेष कार्यक्रममा चर्चित गायिका रचना रिमालले प्रस्तुति दिने
www.europenepalikhabar.com २०८२ साउन ३१ गते शनिबार, 16-08-2025


लिस्बन, १६ अगस्ट  । ठकुरी समाज पोर्चुगलले भब्यताकासाथ एक विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सो कार्यक्रम गर्न लागेको हो।

नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम भोलि  अगस्ट १७ तारिख आइतबारका दिन लिस्बनको महात्मा गान्धी राधा कृष्ण मन्दिरमा सम्पन्न हुनेछ ।

कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन नेपालका चर्चित कलाकारहरुलाई आमन्त्रण गरिएको छ । सुमधुर स्वरकी धनी, लोकप्रिय गायिका रचना रिमालको विशेष प्रस्तुति रहने कार्यक्रममा उहाँलाई अन्य प्रतिभाशाली कलाकारहरुले साथ दिनेछन् । कार्यक्रममा गायिका गीता रेउले, गायिका सरिता कुँवर, गायक सागर शाह तथा गायक फणीन्द्र ठकुरीको पनि बेजोड सांगीतिक प्रस्तुति रहने आयोजक ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल ठकुरीले जनाएको छ ।

बेलुकी ४ बजेदेखि सुरु भई राति १० बजेसम्म चल्ने यस कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रममा हरितालिका तीजको मौलिकतालाई झल्काउने गरी दर खाने कार्यक्रमका साथै विशेष सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् ।

प्रवासको व्यस्त जीवनशैलीका बीच नेपाली पर्वहरुको महत्व र गरिमालाई कायम राख्दै आपसी भाइचारा र सद्भाव बढाउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजकले बताएको छ । यस कार्यक्रमले पोर्चुगलमा रहेका नेपाली समुदायका साथै ठकुरी समुदायलाई एकै ठाउँमा भेला भई तीजको शुभकामना आदानप्रदान गर्ने र मनोरञ्जन गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित