नेप्लीज् कम्युनिटी पारडिलो पोर्चुगलको आयाेजनामा तीज विशेष कार्यक्रम सम्पन्न

नेप्लीज् कम्युनिटी पारडिलो पोर्चुगलको आयाेजनामा तीज विशेष कार्यक्रम सम्पन्न
www.europenepalikhabar.com २०८२ भदौ ९ गते सोमबार, 25-08-2025


• आर पी पन्त

पोर्चुगल । २४ अगस्ट २०२५ आइतबारका दिन Nepalese community pardilho portugal को आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएकोछ ।

Nepalese community pardilho का अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि  सिता थापा हुनुहुन्थो, विशिष्ट अतिथि र अतिथिहरूमा पोर्तुगलका महिला समाजसेवीहरू थिए । विशिष्ट अतिथिमा सारा क्याटरिना टेक्सेरा अल्मेडा, अतिथिमा इनेस टाभरेस रोड्रिग्स र डायना सिल्भा रहेकी थिइन् ।

कार्यक्रममा जुन्ता कार्यालय प्रमुख, अर्थात् जुन्ताका अध्यक्ष, एन्टोनियो जोसे दा सिल्भा टावरेसले कार्यक्रमका लागि उक्त भवन नि:शुल्क उपलब्ध गराउनुका साथै आफै उपस्थित भई नेपाली दिदीबहिनीहरुलाई हरितालिका तीजको शुभकामना समेत दिए ।  

जुन्ताका अध्यक्ष एन्टोनियो जोसे दा सिल्भा टावरेसले शुभकामना कै क्रममा नेपाली समुदायको खुलेर प्रशंसा गरे र साथ सहयोगका लागि सदैव तत्पर रहेको कुरा पनि व्यक्त गरे ।

शुभकामना मन्तव्य कै क्रममा विशिष्ट अतिथि र अतिथिहरूले पनि नेपाली समुदायको प्रशंसा गरेका थिए र नेपाली दिदीबहिनीहरु सँगै कार्यक्रमको अन्तिम सम्म नाचगान गरी खुशी साटासाट गरे ।

कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा संस्थाका अध्यक्ष धनबहादुर गुरुङले बोल्दै भने यो ठाउँमा यत्तिको उत्साहजनक उपस्थितले आफु निकै हर्षित महसुस गरेको र संस्था गठन पश्चातको फलस्वरूप यो दिन आएको हो । यो ठाउँमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरू चाडपर्वहरूमा एकै ठाउमा एकैसाथ रही खुशी साटासाट गर्ने अवसर प्राप्त गरेका छौं र कही कसैलाई कुनै दुख पिडा परेका बखत पनि एकैसाथ उभिन तत्पर रहेको भन्दै कार्यक्रममा साथ सहयोगका लागि सबैमाझ आभार व्यक्त गर्दै युवाहरूलाई आफ्नो समुदायसंग घुलमिल भई सामाजिक कार्यमा संलग्न हुन समेत आग्रह गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित