युरोपनेपाली खबर, लिस्बन ।
नेपालको सुदुरपश्चिम प्रदेशबाट पोर्चुगल आइ रहे बसेका सुदूरपश्चिमेली नेपालीहरुको साझा संस्था सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले फागु पुर्णिामाको दिन होलीको रौनकसहित आफ्नो दोश्रो अधिवेशन गर्ने भएको छ ।
सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दिपेश बिष्टको अध्यक्षतामा गत जनवरी ५ तारिख बसेको बैठकले आगामी २ मार्च २०२६ (तदानुसार २०८२ फागुन १८ गते) फागु पूर्णिमाको दिन होली मनाउँदै अधिवेशन समेत गर्ने निर्णय गरेको प्रचारप्रसार समितिका संयोजक सुरज बिष्टले जानकारी दिए ।
बैठकले विभिन्न प्रस्ताव उपर छलफल गरी आवश्यक निर्णयहरु गरेको जनाइएको छ । जसअनुसार :
एक, अधिवेशन तथा होली संयुक्त कार्यक्रम को मिति तोक्ने सम्बन्धमा छलफल गर्दा बैठकमा उपस्थित सम्पूर्ण कार्यसमितिका सदस्यहरू, सल्लाहकार परिषदका सदस्य र अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजका सचिवको उपस्थितिमा सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलको दोस्रो राष्ट्रिय अधिवेशन तथा सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलको होली विशेष कार्यक्रम विगतका वर्षहरूझैँ यो वर्ष पनि अधिवेशन र होली कार्यक्रम संयुक्तरुपमा २ मार्च २०२६ फागु पूर्णिमाको दिन मनाउने निर्णय गरिएको जानकारी दिइएको छ ।
दुई, अन्तरक्रिया कार्यक्रम गर्ने सम्बन्धको छलफलमा समाजको आगामी दोस्रो राष्ट्रिय अधिवेशन तथा होली विशेष कार्यक्रम पूर्व पोर्चुगलमा अवस्थित सुदूरपश्चिमेली आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरूलाई आमन्त्रण गरी अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी सल्लाहसुझाव लिने निर्णय भएको बताइएको छ ।
तीन, अधिवेशन तयारी समितिहरू बनाउने बारेमा छलफल गर्दा निम्न समितिहरू बनाइ संयोजक तोक्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ ।
क) व्यवस्थापन समिति संयोजक : नरेश भाट
ख) प्रचारप्रसार समिति संयोजक : सुरज बिष्ट
ग) साँस्कृतिक समिति संयोजक : अर्जुन सुनाम
घ) निर्वाचन समिति संयोजक : डम्बरबहादुर खड्का ।
FOUNDER/CHIEF EDITOR :