संखुवासभा जिल्लाका लागि डा. अर्जुन कार्की नै किन ?

संखुवासभा जिल्लाका लागि डा. अर्जुन कार्की नै किन ?
www.europenepalikhabar.com २०८२ माघ ११ गते आइतबार, 25-01-2026

युरोपनेपाली खबर ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर-९, तुम्लिङटारमा जन्मिएका डा. अर्जुन कार्की विकास, राजनीति र सामाजिक न्यायको विषयमा पिएचडी हुन् ।  डा. कार्कीको काम, अनुभव, शिक्षा, आन्दोलन, अभियान बारेमा खेलेको भूमिका र गरेको नेतृत्व बारेमा संक्षिप्तमा हेरौं :



१. विद्यार्थी राजनीतिदेखि राष्ट्रस्तरको अनुभव :

 डा. अर्जुन कार्कीको नेतृत्व यात्रा २०३६ सालको विद्यार्थी  राजनीतिबाट सुरु भएको हो । युवावस्थादेखि नै लोकतन्त्र, सामाजिक न्याय र समावेशी शासनका पक्षमा सक्रिय रहँदै उहाँले वैचारिक रूपमा परिपक्व, दीर्घकालीन र उत्तरदायी राजनीतिक अनुभव आर्जन गर्नुभएको छ ।

२. नेपालका लागि अमेरिकाका पूर्व राजदूत :

नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पूर्व राजदूतका रूपमा उहाँलाई अन्तर्राष्ट्रिय कूटनीति, विकास सहकार्य, शक्ति सन्तुलन र वैश्विक राजनीतिक संरचनाको गहिरो ज्ञान र बुझाइ छ ।

३. उच्च शैक्षिक योग्यता र अनुसन्धानमूलक दृष्टि :

 • सन् १९९० मा त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक (B.Sc.) ।

 • सन् १९९५ मा University of Manchester Institute of Science and Technology बाट Development Projects को Management and Implementation मा स्नातकोत्तर (M.Sc.) ।

 • सन् २००१ मा University of East Anglia बाट “The Politics of Poverty and Movements from Below in Nepal” विषयमा विद्यावारिधि (PhD) हासिल गर्नुभएको छ ।

 शैक्षिक र अनुसन्धान अनुभवले उहाँलाई गरिबी, संरचनागत असमानता र जनआन्दोलनको राजनीति गहिराइसम्म बुझ्ने क्षमता प्रदान गरेको छ ।

४. लोकतन्त्र, मानव अधिकार र दिगो विकासका दृढ अभियानकर्ता :

डा.कार्कीले नेपालमा लोकतन्त्र सुदृढीकरण, मानव अधिकार संरक्षण र दिगो विकास प्रवर्द्धनका लागि निरन्तर र प्रतिबद्ध रूपमा काम गर्नुभएको छ। उहाँको नेतृत्व अभ्यास सिद्धान्तमा सीमित नभई व्यवहार र परिणाममा आधारित छ ।

५. ग्रामीण विकास र अन्तर्राष्ट्रिय नेतृत्व अनुभव :

 • सन् १९८९ देखि Rural Reconstruction Nepal (RRN) का अध्यक्ष ।

 • सन् २००४ देखि LDC Watch का अन्तर्राष्ट्रिय संयोजक ।

यी जिम्मेवारी मार्फत् उहाँले नेपाल मात्र होइन, विश्वका कम विकसित राष्ट्रहरूको साझा मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउँदै आउनुभएको छ।

६. अन्तर्राष्ट्रिय सम्मान

सन् २०११ मा दक्षिण कोरियास्थित Bishop Tji Hak-Soon Justice and Peace Foundation बाट Justice and Peace Award प्राप्त गर्नुभएको थियो, जुन गरिब र सीमान्तकृत समुदायको अधिकार संरक्षण तथा विकासमा उहाँको असाधारण योगदानको अन्तर्राष्ट्रिय मान्यता हो।

निष्कर्ष :

• देशलाई आज नारा होइन, नीति चाहिएको छ ।

• भावना होइन, स्पष्ट दृष्टि चाहिएको छ ।

• भीड होइन, बौद्धिक र अनुभवी नेतृत्व चाहिएको छ ।

 डा. अर्जुन कार्की केवल सङ्खुवासभाका लागि मात्र होइन, समग्र राष्ट्रका लागि आवश्यक नेता हुनुहुन्छ । सरकार सहभागी हुने अवस्थामा उहाँ परराष्ट्र मन्त्रीको भूमिकामा उहाँले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानजनक, सन्तुलित र प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने स्पष्ट क्षमता राख्नुहुन्छ ।

• समग्र देशभरिका उम्मेदवारहरूमध्ये दृष्टि, क्षमता, अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वसनीयताका आधारमा संखुवासभा जिल्लाका लागि सबैभन्दा सक्षम र उपयुक्त उम्मेदवार डा. अर्जुन कार्की रहेको कुरामा कुनै द्विविधा छैन् ।

( • राजकुमार थापाबाट)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित