लन्डन । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमालेका सचिव शेरधन राईले आफूहरू सरकारमा रहेको समयमा सोचे अनुसार काम हुन नसक्नु बिषेशगरी पूर्भ गोर्खाहरूका समस्या र गैरआवासीय नेपालीहरूको नागरिकता लगायतमा जायजन मुद्दालाई सम्बोधन गर्न नसक्नु गल्ती भएको स्वीकार गरेका छन् ।
प्रवासी नेपाली मञ्च युके, साउथ वेष्ट कमिटीद्वारा आइतबार फ्लिट ह्यामसायरमा आयोजित आफ्नो सम्मान, स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले यस्तो आत्मसमीक्षा गरेका हुन् । उनी ब्यक्तिगत कामको शिलसिलामा बिगत २ हप्ता देखी बेलायत भ्रमणमा छन।
मञ्चको साउथ वेष्ट कमिटीका अध्यक्ष प्रमिश शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राईले भने, 'विगतमा हामी सरकारमा रहँदा गोर्खाहरूको जायज माग र नागरिकता, मताधिकार जस्ता प्रबासीहरुको साझा विषयमा ठोस निर्णय लिनुपर्ने थियो, तर विभिन्न कारणले त्यसलाई सम्बोधन गर्न सकिएन । सरकारमा हुँदा पनि यो विषय टुङ्ग्याउन नसक्नु हाम्रो कमजोरी थियो, यसमा म गल्ती महसुस गर्दै पार्टीले अब स्प्रष्ट अबधारणा सहित ठोस रुपमा यि बिषयहरुमा काम गर्ने उनले बताए ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले प्रवासमा रहेका नेपालीहरूको समस्या र नेपाल सरकारबाट अपेक्षित सहयोगका बारेमा धारणा राखेका थिए । एनआरएन लगायतले लामो समय देखी पैरबी गर्दै आएको नागरिकताको निरन्तरता, आमागी संबिधान संशोधनमा बंसजको नागरीकता कायम राख्न तथा प्रबासीका बिबिध बिषयमा नेता राईको ध्यानआकर्षण गराएका थिए । त्यस्तै, मञ्च अन्तर्राष्ट्रिय कमिटीकी केन्द्रीय सदस्य यूके ईन्जार्ज सरस्वती केसी, मञ्च युकेका अध्यक्ष पशुपति पोखरेल, पूर्व अध्यक्षद्वय दिनेश घिमिरे र सुरेन्द्र थपलिया पूर्ब उपाध्यक्ष कुमार केसी, वर्तमान उपाध्यक्षद्वय प्रतिमा केसी र लीलामान शेरपुन्जा, युवा नेता सरोज केसी, शंभु अर्याल तथा सुशिल क्षेत्रीले पनि समसामयिक राजनीतिक विषय र डायस्पोराका नेपालीले भोग्नुपरेका कठिनाइबारे बोलेका थिए ।
कार्यक्रमका वक्ताहरूले दोहोरो नागरिकताको सुनिश्चितता, गोर्खाहरूको समान अधिकार र समसामयिक राजनीतिक मुद्दाहरूमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
FOUNDER/CHIEF EDITOR :